मधेशी मोर्चा सहितको शीर्ष बैठक निष्कर्ष विहिन

२७ बैशाख २०६९, बुधबार २१:५३ मा प्रकाशित

काठमाडौं, २७ वैशाख । नयाँ संविधानको बिबादित राज्य पुनर्संरचना र शाकीयस्वरुपका बिषयहरुमा शुक्रबार मतदानमा जानु अघि अन्तिम पटक सहमतिका लागि बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक जातीय राज्य राख्ने वा नराख्ने विषयमा सहमति हुन नसक्दा बिना निष्कर्ष सक्किएको छ ।
विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा आज बिहिबार अबेर राति सम्म बसेको शीर्ष नेताको बैठकमा राज्य पुनर्संरचनामा दलहरुका वीच सहमति हुन नसकेको हो । बैठकमा माओवादी र मधेसी मोर्चाले जातीय राज्यमा बचाउ गरेपछि कांग्रेस र एमालेले त्यसको प्रतिरोध गरेको श्रोतले बताएको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै मधेसी मोर्चाका नेता हृदयश त्रिपाठीले कांग्रेस र एमालेले संघीयताको बिरोध गरेको बताए । उनले संघीयताका पक्षमा धारणा राख्ने कांग्रेस र एमाले संघीयता बिरोधि भएको कारण आजको बैठक सहमतिं पुग्न नसकेको दाबी गरे । मन्त्री समेत रहेका त्रिपाठीले आजपनि दलहरुका वीच कुनै सहमति हुन नसकेको बताए ।
उता, कांग्रेस नेता अर्जुन नरसिंह केसीले एकल जातीय प्रदेशको विपक्षमा आफूहरु रहेको बताउदै भने, ‘सबैलाई समेट्ने संघीय राज्य बनाउन हामीले प्रस्ताव गरेका छौं, तर जातीय राज्यका पक्षमा केही दल अग्रसर रहेकाले सहमति हुन सकेन ।’ कांग्रेस नेता केसीले एकल जातीय राज्यका पक्षमा कदापी कांग्रेस सहमत हुन नसक्ने भन्दै सबै जातजातिलाई हुने संघीय राज्य बनाउनुपर्ने बताए । दलहरुका वीच सहमति हुन नसकेपछि अब संविधानसभामा बहुमतबाट निकास खोज्ने प्रक्रिया शुक्रबारबाट सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका