सञ्जय साह सभासदबाट निलम्बित

३० बैशाख २०७१, मंगलवार १६:५३ मा प्रकाशित

काठमाडौं, ३० वैशाख । जकनपुर बमकाण्डका मुख्य योजनाकार भनिएका सदभावना पार्टीका सभासद सञ्जय साह निलम्बनमा परेका छन् ।

जिल्ला कारागार सिराहामा ल्याई थुनामा राखिए पछि उनलाई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले आज (मंगलबार) सभासदबाट निलम्बन गरेका हुन् ।

जिल्ला अदालतल धनुषाले थुनामा राख्ने आदेश दिएपछि त्यसको जानकारी आइतबार संविधानसभा सचिवालयमा आएको थियो । जानकारी आएपछि आजै बसेको संविधानसभा बैठकमा संविधानसभा नियमावली २०७० को नियम १ सय ६३ को उपनियम ४ बमोजिम उनलाई निलम्बन गरिएका जानकारी सभाध्यक्ष नेम्वाङले दिए ।

सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका साह धनुषा क्षेत्र ४ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०६९ वैशाख १८ गते जनकपुरको रामनन्दचोकमा मिथिला राज्य माग गर्दै आयोजित शान्तिपूर्ण धर्नामा बम विष्फोटन हुँदा पाँचजनाको घटनास्थल मै मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।

बमकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले मुकेश चौधरी, रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण रिपेन्द्र झा र मुकेशकुमार कर्णलाई पनि पक्राउ गरी अदालतमा मुद्दा चालाएको छ ।

यसैबीच, संविधानसभामा दुई अलग अलग प्रतिवेदन पेश भएका छन् । संविधानसभाको अर्को बैठक जेठ एक गते बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई