अमेरिका नेपाल व्यवसायी संघद्वारा संयुक्त राष्ट्रसंघका प्रतिनीधि सँग भेटवार्ता

२७ बैशाख २०६९, बुधबार १९:२० मा प्रकाशित

न्यूयोर्क, अमेरिका । अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन अमेरिका नेपाल व्यवसायी संघको एक प्रतिनिधी मण्डलले न्यूयोर्क स्थित नेपाल मिसनको कार्यालयका स्थाई प्रतिनिधी मिनिस्टर काउन्सेलर श्री अमृत राई ज्यू सँग भेटवार्ता गरेको छ। संघका अध्यक्ष मोहन ज्ञवालीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलमा सचिव प्रकाश थापा, कोषाध्यक्ष कुगां शेर्पा, व्यवसायी बिराज रिजाल, व्यवसायी विमल बास्तोला, व्यवसायी देव गुरुङ र व्यवसायी प्रतिनिधी रमेश राईको उपस्थिती थियो ।

 

भेटका अवसरमा अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको अवस्था , उनीहरुले गरेको लगानी, व्यवसायीहरुलाई आईपर्ने समस्या र व्यवसायीहरुको हकहित र फाइदाको लागी गर्नु पर्ने सहयोग संवन्धि विषयमा छलफल भएको थियो । यसै क्रममा संघद्धारा तयार पारीएको विज्ञप्ति संघका अध्यक्ष श्री मोहन ज्ञवालीद्धारा स्थाई प्रतिनिधी मिनिस्टर कोउन्सेलेर श्री अमृत राई ज्यूलाई हस्तान्तरण गरियो ।

 

छलफलमा बोल्दै संघका अध्यक्ष श्री मोहन ज्ञवालीले यो संस्था एक गैह्र राजनितिक, विशुद्ध मुनाफारहित संस्था हो र नेपाली मिसन र राजदुताबास बिच आवश्यक समन्वय र सहयोगका लागी पहल गरिदिनुहुन प्रतिनिधी श्री राई ज्यूलाइ अनुरोध गर्नुभयो । छलफलका क्रममा सचिव प्रकाश थापाले संघको विक्षप्ति पढेर सुनाउनुभएको थियो भने कोषाध्यक्ष कुगां शेर्पाले अमेरिकाभर छरिएर रहेका व्यवसायीहरुलाई एकजुट हुन आव्हान गर्नुभएको थियो ।

त्यसैगरि व्यवसायी बिराज रिजालले सबै व्यवसायी साथीहरुलाई एकैसाथ समेटेर लानुपर्ने सुझाव दिनुभएको थियो भने व्यवसायी विमल बास्तोलाले छरिएर रहेको दक्षता सिप र लगानिलाई एकै साथ प्रयोग गर्न सके अधिकतम फाईदा हुने बताउनु भएको थियो ।

 

भेटका अवसरमा स्थाई प्रतिनिधी मिनिस्टर काउन्सेलर श्री अमृत राईले प्रतिनिधी मण्डललाई स्वागत गर्दै नेपाल मिसनको तर्फबाट हरेक तबरले सहयोग गर्ने बचन र आस्वासन दिँदै आगामी दिनमा गरिने कार्यक्रमहरुमा मिलेर जाने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी