रुसी विमान इन्डोनेसियामा हरायो

२७ बैशाख २०६९, बुधबार १९:१४ मा प्रकाशित

इन्डोनेसिया, वैशाख २७ एजेन्सी । यात्रुसहित प्रदर्शन उडानमा रहेको एक रुसी सुखोइ सुपरजेट १०० इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिण भागमा बुधबार हराएको छ । विमानको खोजी कार्य जारी छ। ‘विमान बोगर क्षेत्र नजिकै राडारबाट हराएको थियो। हामीहरू यसको खोजीमा छौँ र यो दुर्घटना भएको हो होइन भन्न सक्ने स्थितिमा छैनौँ ।’ नेसनल सर्च एन्ड रेस्क्यु एजेन्सीका प्रवक्ता गगाह प्राकोसोले भने ।

३० मिनटसम्म उडान भर्नका लागि उक्त विमान स्थानीय समयअनुसार दिनको २ बजे पूर्वी जाकर्ताको हलिम पेरडानाकुसुना विमानस्थलबाट उडेको थियो । उक्त विमानस्थल व्यावसायिक तथा सैनिक उडानका लागि प्रयोगमा ल्याइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको