दाजु र भतिजाको हत्या गराउनेलाई जन्मकैद

२९ बैशाख २०७१, सोमबार १३:०७ मा प्रकाशित

संखुवासभा, २९ वैशाख । आफ्नै दाजु र उनका पाँच वर्षीय छोरालाई हत्या गराउन लगाउने भाइ रञ्जन श्रेष्ठसहित हत्या गर्ने अन्य दूइ जनालाई जिल्ला अदालत चैनपुरले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जिल्लाको वाना–८ का लक्ष्मण श्रेष्ठ र उनकै पाँच वर्षीय छोरा कपिल श्रेष्ठको हत्या गराउन लगाउने भाइ रञ्जन र रकम लिएर हत्या गर्ने वाना गाविस वडा नम्बर ८ कै काजी तामाङ र अर्जुन तामाङलाई जन्मकैदको फैसला सुनाएको हो ।

रञ्जनले काजी र अर्जुनलाई ३० हजार दिएर आफ्नै दाइ लक्ष्मण र भतिजा कपिलको हत्या गर्न लगाएको प्रमाणित भएकाले हत्याका मुख्य अभियुक्त काजी तामाङलाई सर्वस्वसहित जन्मकैद र हत्याका योजनाकार रञ्जन र हत्यामा संलग्न अर्जुनलाई अदालतले जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत चैनपुरका स्रेस्तेदार इन्द्रकमल प्रधानले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र