‘चपली हाइट’की हट गर्ल अब साधारण केटी

२७ बैशाख २०६९, बुधबार १९:१० मा प्रकाशित

काठमाडौं । ‘हट सीन’ दिएर चर्चामा आएकी नायिका बिनिता बराललाई अब आउने सिनेमामा भने साधारण युवतीको रुपमा देख्न पाइने छ । कमलकृष्ण निर्देशित चलचित्र ‘फुलस्टप’मा बिनिता ‘चपली हाइट’की पात्रको विपरित देखिने उनले बताइन् । ‘छोटा लुगा होइन म कुर्ता सुरुवाल लगाउने सामान्य केटीमा देखिनेछु,’ २५ वैशाखबाट छायांकन शुरु हुने फिल्ममा आफ्नो भूमिकाबारे बिनिताले भनिन् ।

‘फुलस्टप’ कलेज विद्यार्थीको कथामा आधारित कमर्सियल थि्रलर सिनेमा हो । बिनितासँगै यसमा सविन श्रेष्ठ, कमलकृष्णको मुख्य भूमिका रहेको छ । सिनेमाको छायांकन नगरकोटमा मुहूर्त गरेर शुरु हुँदै छ । नगरकोटमा १० दिन सुटिङ गरिने छ । यो चलचित्रको छायांकन एक महिनामा टुंगिने छ ।

यसैगरी बिनिताले कालिञ्चोक म्युजिक प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा समेत अभिनय गर्ने भएकी छिन् । यो भने लभस्टोरी फिल्म हो । ‘चपली हाइट’ हिट भएपछि उनले तीनवटा सिनेमामा सम्झौता गरिसकेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको

कास्की । कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोकसंस्कृति जोगाऔँ,

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट