टङकिस त के बेडसिन पनि दिन्छु -जिया केसी

२७ बैशाख २०६९, बुधबार १८:४७ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ, बैशाख २७ । अभिनय गरेका एउटै सिनेमा पनि हालसम्म रिलिज भएका छैनन्, तर जिया केसी चर्चाको चर्चामै छिन् । उनको चर्चाचाहिँ सकारात्मक नभएर धेरैजसो नकारात्मक रूपले हुने गर्छ । कहिले निर्देशकसँगको सम्बन्ध त कहिले चलचित्रमा इन वा आउट भएर चर्चामा रहने जिया यसपटक भने चलचित्र एटीएममा उनले दिएको टङकिसका कारण चर्चामा रहिन् । गताङ्कको घटना र विचारको यसै स्तम्भमा तस्बिरसहित जियाबारे प्रकाशित सामग्रीप्रति उनले केही मात्रामा चित्त पनि दुखाएकी रहिछिन् ।

० आफैं त्यस्तो दृश्य दिने अनि कमेन्ट आएपछि चित्त दुखाउने ?
– त्यस्तो कमेन्ट गर्नुपर्ने दृश्य मैले के दिएँ र ?
० एटीएमका नायक दिनेश थापासँगको टङकिस के हो त ?
– त्यो त अहिलेका युवा पुस्ताको कथा हो ।
० के युवापुस्ताहरू बाटोबाटोमै किस खाँदै हिँड्न थालेछन् नेपालमा ?
– हो, कथाले मागेकोले नै दिएकी हुँ ।
० कथाले माग्छ कि निर्माता–निर्देशकले माग्ने हो ? कथा त मान्छेले नै लेख्ने होइन र ?
– त्यो त चलचित्र हेरेपछि नै थाहा हुन्छ ।
० यस्तो सिनेमा खेल्नका लागि कसले पे्ररित गर्‍यो नि ?
– के म बच्चा हो र अरूको लहैलहैमा लागेर फिल्म खेल्ने †?
० यस्तो सिनेमा खेलेर चर्चामा आइन्छ भन्ने लोभ पो हो कि ?
– चर्चाको लोभ छैन मलाई, रोल फरक लागेर मात्र खेलेकी हुँ ।
० कथाले माग्यो भने बेडसिन दिने कि नदिने नि ?
– दिने हो नि † कथाले माग्छ भने त्यो दिन के फरक पर्छ र ?
० त्यस्तो सिनेमा नै प्रतिबन्ध भयो भने ?
– त्यस्तो नहोला । भए पनि त्यो मेरो टेन्सन होइन ।
० यस्ता सिनेमा र कलाकारहरूको सर्वत्र विरोध भइरहेको छ नि, थाहा छ ?
– यस्तो विरोध त चलिरहन्छ । एक–दुईजनाले विरोध गर्दैमा केही हुँदैन ।
० किस खानकै लागि त्यस्तो दृश्य राखेकोजस्तो पो देखियो त †
– त्यो गलत हो । तस्बिर हेरेर मूल्याङ्कन गर्न मिल्दैन ।
० तपाईंले चारवटा सिनेमामा अभिनय गर्नुभयो तर चारवटै सिनेमा रिलिज भएको छैन । त्यही तनावबाट बच्न र चर्चा पाइन्छ भन्ने लोभ त होइन ?
– मलाई केही तनाव पनि छैन र त्यस्तो लोभले पनि होइन, फरक भूमिकामा काम गर्ने सोखका कारण खेलेकी हुँ ।
० त्यस्तो दृश्यका तस्बिरहरू बजारमा आएपछि घर–परिवारको प्रतिक्रिया के छ नि ?
– केही छैन । हल्ला मात्र बढी भयो †

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले