कञ्चनपुरमा आन्दोलनकारीबीच झडप हुँदा दुई दर्जन बढी प्रदर्शनकारी घाइते

२७ बैशाख २०६९, बुधबार १८:२२ मा प्रकाशित

कञ्चनपुर, २७ वैशाख । अखण्ड सुदूरपश्चिमको माग गर्दै आएका आन्दोलनकारी र भीमदत्तनगर बजारमा प्रदर्शन गरी फिर्ता हुँदै गरेका थरुहटका आन्दोलनकारीहरूबीच गएराति कञ्चनपुरको झलारी बजारमा झडप हँदा थरुहटतर्फका दुई दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

राति ८.०० बजे देखि ११.०० बजेसम्म भएको झडपमा घाइते भएका प्रदर्शनकारीहरूको स्थानीय मेडिकलहरूमा उपचार भइरहेको छ । प्रहरीका अनुसार थरुहटका कार्यकर्ताले झलारी बजारमा रहेका पसलहरूमा व्यापकरूपमा तोडफोडसमेत गरेका छन् ।

आन्दोलनकारीहरूले पसल नजिकै पार्किङ गरी राखिएका तीन वटा मोटरसाइकल र आधादर्र्जन बढी घरका सिसा फुटाइदिएका छन् ।

आन्दोलनकारीहरूले झलारी बजारमा ट्र्याक्टर रोकेर पसलहरूमा तोडफोड गर्दासमेत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीको नेतृत्वमा आएको प्रहरी टोली रमिते बनेर बसेको यहाँका व्यापारीले आरोप लगाएका छन् ।

अखण्ड नेपाल अविभाज्य सुदूरपश्चिम सङ्घर्ष समितिले पसलमा तोडफोड गर्ने समूह र प्रहरी उपरीक्षक चौधरीमाथि कार्बाहीको माग गरेका छन् ।

अखण्ड सुदूरपश्चिमको पक्ष र विपक्षमा रहेका आन्दोलनकारीहरू प्रदर्शनमा उत्रिएकाले झलारी क्षेत्र अहिले तनावपूर्ण रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले