नवलपरासी बन्द फिर्ता, बन्दको क्रममा भएको झडपमा दर्जन घाईते

२७ बैशाख २०६९, बुधबार १८:२० मा प्रकाशित

नवलपरासी, २७ बैशाख । संयुक्त थरुहट संघर्ष समिति नवलपरासीले आव्हान गरेको नवलपरासी वन्द आज दिउसो स्थानीय प्रसासन संग भएको वार्ता पछी आयोजकले फिर्ता लिएको  छ  ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठ र आन्दोलनरत पक्षबीच इलाका प्रहरी कार्यालय कावासोतीमा भएको पांच बुदे सहमति पछि वन्द फिर्ता भएको संयुक्त थरुहट संघर्ष समितिले जनाएको छ ।
मंगलबार डण्डामा भएको घटनाको छानविन गर्न इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीको संयोजकत्वमा थारु समुदाय र ब्राम्हण क्षेत्री समुदाय दुवै तर्फबाट प्रतिनिधित्व रहने गरी छानविन समिति गठन गर्ने, प्रहरीसंग भएको झडपमा घाईते भएकाहरुलाई उपचार खर्च व्यहोर्ने, विगतमा जस्तै जातीय सदभाव कायम राख्ने, घटनाको छानविन पछि आउने प्रतिवेदन अनुसार संग्राहलयमा भएको क्षतिको क्षतिपूर्ति दिने सहमति भएपछि वन्द राजमार्ग सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
बन्द खुलेपछि विहान देखि राजमार्गमा अलपत्र परेका यात्रु र सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् ।
बन्द अपरान्ह २ बजे खोल्ने सहमति भए पनि सहमतिमा भएका कुराहरुमा आन्दोलनमा उत्रिएका थारु संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले विमति राखेपछि बन्द चार बजेपछि मात्रै फिर्ता भएको थियो ।
उता आज दिनभरजसो कावासोती र डण्डामा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएको थियो । कावासोतिमा भएको झडपमा प्रहरीले १५ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो भने डण्डामा भएको झडपमा ५ राउण्ड हवाई फायर भएको थियो ।
प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा एक प्रहरी निरीक्षक सहित तीन प्रहरी घाईते भएका छन् भने आन्दोलनकारी तर्फ करिब १० जना घाईते भएका छन् ।
घाईते मध्ये एक प्रहरी सहित तीन जना आन्दोलनकारीको अवस्था गंभिर रहेकाले उनीहरुलाई भरतपुर मेडिकल कलेज पठाईएको प्रहरीले जनाएको छ ।
झडपमा प्रहरी निरीक्षक डिल्ली नारायण पाण्डे, प्रहरी नायब निरीक्षक कृष्णप्रसाद खनाल, आन्दोलनकारीहरु टेक बहादुर थनेत, जित बहादुर महतो, कुशिराम महतो, तारा महतो, नारायण महतो र बीरेन्द्र महतो घाईते भएका छन् । घाईते मध्ये प्रहरी नायब निरीक्षक कृष्णप्रसाद खनाल, आन्दोलनकारीहरु टेक बहादुर थापा र तारा महतोको अवस्था गंभिर रहेकाले उनीहरुको पनि भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यसैबीच वन्दको क्रममा आन्दोलनकारीले सञ्चार माध्यमका सवारी साधनलाई समेत रोकेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,