प्राचीन मूर्ति कम्बोडियालाई फिर्ता

२५ बैशाख २०७१, बिहीबार १५:५९ मा प्रकाशित

-सिन्ह्वा
न्होमपेन्ह, २५ वैशाख । दशौँ शताब्दीमा निर्मित महाभारतका एक प्रमुख योद्धा पात्र दुर्योधनको ढुङ्गाको मूर्ति अमेरिकाले कम्बोडियालाई फिर्ता गरेको छ ।
कम्बोडियाबाट केही वर्षअघि चोरी भई तस्करहरुबाट घुमाइफिराइ अमेरिका पु-याइएको र लिलामी व्यवसाय गर्ने ख्यातिप्राप्त एक अमेरिकी कम्पनी सुथबाइजको हात परेको मूर्ति फिर्ता गर्न अमेरिकी अदालतले आदेश दिएको छ ।
दर्शन ढुङ्गाबाट निर्मित अति दुर्लभ र प्राचीन मानिएको दुर्योधनको काल्पनिक आकारमा निर्मित मूर्ति पुरातात्विक महत्वले अति उच्च मूल्य पर्ने थियो ।
सो मूर्तिलाई सुथवाइजे लिलामीमा चढाएकोमा त्यसको विरोधमा गत दुई वर्षदेखि मुद्दा चल्दै आएको थियो ।
गत वर्षको डिसेम्बर महिनामा एक स्थानीय अमेरिकी अदालतले उक्त मूर्ति लिलामी सूचीबाट हटाउन आदेश दिएको थियो ।
कम्बोडियाली सरकारले अनुरोध गरेबमोजिम चोरी भएको सो मूर्ति अमेरिकी सरकारले हाल फिर्ता गर्न मञ्जुर गरेको छ ।
कम्बोडियाली उपप्रधानमन्त्री सोक आनले उक्त मूर्ति हस्तान्तरण लिन अमेरिकाको विशेष भ्रमण गर्नुभएको कुरा कम्बोडिया सरकारले जनाएको छ ।
हालको मूल्यमा २० लाख अमेरिकी डलरभन्दा बढी पर्ने उक्त मूर्ति सन १९७० मा उत्तरी कम्बोडियाको कोहकेर मन्दिर परिसरमा अवस्थित प्रसात चेन स्मारक क्षेत्रबाट चोरी भएको थियो ।
मूर्ति बहुमूल्य मानिएको थियो । सन् १९६० को दशकको अन्त्यतिरबाट मुलुक दुई दशक लामो गृहयुद्धमा नराम्ररी फसेको र युद्धको सुरुवातमै सो मूर्ति लुटेराको तारो बनेको थियो ।
कम्बोडियाको गृहयुद्ध ताका चोरी भएका अन्य प्राचीन तथा उच्च पुरातात्विक मूर्तिहरु अमेरिकाले कम्बोडियालाई यसअघि पनि फकाइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले