पेट्रोलियम चोरी प्रकरण, दोषीलाई नपक्रन नेताको दबाब

२५ बैशाख २०७१, बिहीबार ०७:५८ मा प्रकाशित

काठमाडौं, २५ वैशाख । तेल चोरीमा संलग्न पेट्रोलियम ट्यांकर व्यवसायीलाई कानुनी कारबाहीबाट जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सभासद दीपक बोहोराले प्रहरीलाई दबाब दिएका छन्।पूर्वमन्त्रीसमेत रहेका बोहोराले तेल चोरी गर्दागर्दै रंगेहात फेला परेका ट्यांकर व्यवसायीका नाममा जारी पक्राउपुर्जी फिर्ता लिन प्रहरीलाई फोनमार्फत दबाब दिएका हुन्।

आयल निगमले भारतबाट खरिद गरेको पेट्रोलियम पदार्थ डिपोमा नपुर्‍याई बीच बाटैमा चोरी गर्ने १६ ट्यांकर व्यवसायीविरुद्ध रुपन्देही प्रहरी कार्यालयले पक्राउपुर्जी जारी गरेको छ। बोहोराले मंगलबार रुपन्देहीका एसपी विक्रमसिंह थापालाई टेलिफोन गरेर पक्राउपुर्जीबारे बुझ्दै ‘तेलचोरु भनिएकाहरूलाई प्रहरीतर्फबाट कुनै किसिमको धरपकड नगर्न दबाब दिए। उनले ती ट्यांकरधनीलाई ‘सफ्ट कर्नरु ले हेरिदिनसमेत एसपी थापालाई आग्रह गरेका छन्।

‘उनीहरू व्यवसायी हुन्, पक्राउ गर्नु राम्रो हुँदैन होला,’ एसपीलाई बोहोराले मंगलबार टेलिफोनमा दिएको दबाब उद्धृत गर्दै पेट्रोलियम डिलर्स एसोसिएसनका एक अधिकारीले भने, ‘पक्राउ गर्नुको साटो बरु छलफलको वातावरण मिलाइदिनुपर्‍यो।’

मंगलबार साढे १२ बजेतिर पेट्रोलियम डिलर्स एसोसिएसनको कोटेश्वरस्थित कार्यालय पुगेका बोहोराले त्यहीँबाट एसपी थापालाई फोन गरेका थिए। कारबाही नगर्न दबाब दिँदै हडतालमा ओर्लिएको नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरा, महासचिव विश्व अर्याल र राप्रपाका नेता तथा व्यवसायी तीर्थराज चटौतसहित त्यहाँ पुगेका बोहोरा आधा घन्टा बसेर फर्किएका थिए।

‘व्यवसायीले राजनीतिक पहुँच प्रयोग गरेर चोरीकाण्ड सामसुम पार्न खोजेका छन्,’ एसोसिएसनका ती अधिकारीले भने, ‘बोहोरालगायत नेता चोरीमा संलग्न व्यवसायीलाई उन्मुक्ति दिलाउन हात धोएर लागिपरेका छन्।’ त्यही क्रममा उनी दलबलसहित एसोसिएसन कार्यालय आएको ती अधिकारीले दाबी गरे।

एसपी सिंहले भने ‘चोरीजस्तो जघन्य घटनामा संलग्न देखिएकालाई पक्राउ नगरी छाड्न नमिल्नेु बोहोरालाई जवाफ फर्काएका छन्। ‘चोरीको घटनामा संलग्न देखिएका व्यक्तिलाई पक्राउ गर्नैपर्छ,’ उनले बोहोरालाई टेलिफोनमा भनेका थिए, ‘पक्राउपुर्जी जारी भइसकेकाले कुनै हालतमा छाड्न सकिन्न, बरु उहाँहरूले आफैं प्रहरीसामु उपस्थित भएर सहयोग गरिदिनुभयो भने हामीलाई सजिलो हुन्छ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न