मधेसी मोर्चा सहित प्रमुख तीन दलको मंगलबारको बैठक पनि बिना निष्कर्ष टुंगियो

२६ बैशाख २०६९, मंगलवार २१:०० मा प्रकाशित

काठमाडौं, २६ वैशाख । नयाँ संविधानमा बिबादित विषयमा सहमति खोज्न मधेसी मोर्चा सहित प्रमुख तीन दलको मंगलबारको बैठक बिना निष्कर्ष टुंगिएको छ । मधेसी मोर्चा सहित प्रमुख तीन दलको निरन्तर जारी बैठकले संविधानका विवादित विषयमा सहमति जुटाउन थपेको म्याद गुज्रँदै गएकाले अन्तिम पटक सहमति खोज्ने मंगलबारको प्रयास पनि निरर्थक टुंगिएको हो ।

मंगलबार सांझ संविधानसभा भवन नयाँ बानेश्वरमा भएको बैठकमा दलहरु सहमति निकट पुगेको बताइए पनि खासै सहमति जुट्न सकेन । मंगलबार दिनभर प्रमुख दलको बैठकअघि कांग्रेस-एमाले, माओवादी, कांग्रेस र एमालेबीच एमाले मुख्यालय बल्खुमा फरक फरक बैठक मार्फत सहमतिको प्रयास भएको थियो ।

दलहरुबीच भएको पाँच बुँदे सहमतिमा तीन दिनभित्र संविधानका विवादित बिषय सुल्झाउने उल्लेख भए पनि दलहरूबीच विवादित रहेको पाँचमध्ये न्यायप्रणाली, निर्वाचन प्रणाली र नागरिकतामा सहमति भएको छ । शासकीय स्वरुप र राज्य पुनर्संरचनामा सहमति गर्न बसेका अनेकौ बैठक निष्कर्षहीन बन्दै गएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार