सहमतिको सरकारका लागि सबै मन्त्रीले राजीनामा दिनु पर्छ

२६ बैशाख २०६९, मंगलवार १८:३५ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । एमाले उपाध्यक्ष बामदेव गौतमले पाँच बुँदे सहमतिमा एमालेलाई धोका दिइएको बताउदै सहमतिको सरकारका लागि सबै मन्त्रीले राजीनामा दिनुपर्ने प्रस्ताब अघि सारेका छन् । एमाले उपाध्यक्ष बामदेव गौतमले संचारकर्मीलाई दिएको जानकारी अनुसार मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पाँच बुँदे सहमति गर्दाको अबस्थामा सरकार फर्किए मात्रै आफ्नो पार्टी सरकारमा सहभागी हुने अन्यथा नहुने निर्णय गरेको छ ।
गौतमले संचारकर्मीसंग भने, ‘शुन्यको अवस्थामा सरकार रहनुपर्छ, सबै मन्त्रीले राजीनामा दिनुपर्छ, त्यसपछि मन्त्रालय विभाजन गर्नु पर्छ ।’
एमालेसँग सल्लाहनै नगरेर मधेसी मोर्चालाई मन्त्रालय दिएको भन्दै गौतमले पाँच बुँदे सहमतिलाई माओवादी र प्रधानमन्त्रीले उलंघन गरेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको