संविधानका विवादित विषयमा टुंगो लागेपछी मात्रै एमाले सरकारमा सहभागी हुने

२६ बैशाख २०६९, मंगलवार १८:२७ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । नयाँ संविधानको विवादित विषयमा दलहरुबीच सहमति भएमा एमाले सरकारमा सहभागी हुन् तयार रहेको छ । माओवादी र एमालेवीच बल्खुमा आज भएको छलफलका क्रममा संविधानका विवादित विषयमा पहिला सहमति जुटाउने निष्कर्षमा पुगेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । दाहालले भने, ‘संविधानका विवादित विषयमा टुङगो लाग्ने वित्तिकै एमाले सरकारमा सहभागी हुने कुरापनि टुङगिन्छ ।’
एमालेले पहिला नयाँ संविधानको विवादित विषय राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमति खोज्न आग्रह गर्दै सहमति भएपछि आफूहरु सरकारमा सहभागी हुने आश्वासन दिएको हो । अध्यक्ष दाहालले सहमतिको नजिक पुगेको भन्दै पुनः छलफल गरेर छिट्टै निकास खोजिने बताए ।
पाँच बुँदे सहमति उलंघन गरेर सरकारमा सहभागी नभएको भन्दै एमालेको आलोचना भईरहेका संदर्वमा मंगल भएको दुइ पक्षीय बैठकमा लहरुवीच विवादित विषयमा निकास खोज्ने सहमति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार