तीन दलको बैठक सकियो: प्रमुख दलका शीर्ष नेताहरुको बैठक जारि

२६ बैशाख २०६९, मंगलवार १८:२१ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । नयाँ संविधानका विवादित विषय र सरकारमा एमालेको सहभागिताको बिषयमा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक राज्य पुनर्संरचना र शासकीय स्वरुपमा बिबादित विषयमा सहमति निकट पुगेको दावी नेताहरुले दावी गरेका छन् ।
एमाले मुख्यालय बल्खुमा मंगलबार बसेको माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल भएको एमाले नेता भीम रावलले जानकारी दिए । रावलले भने, ‘राज्य पुनर्संरचना र शाकीय स्वरुपमा छलफल भएको छ, बिबादित विषयमा सहमति निकट पुगेको छौं ।’
स्रोतका अनुसार राज्य पुनर्संरचनामा माओदी नौं प्रदेशसम्म लचिलो भएको छ भने कांग्रेस सात प्रदेशको आफ्नो प्रत्स्ताबमै अडिग रहेको छ ।
शासकीय स्वरुपमा भने दलहरुका वीच मिश्रित प्रणालीमा जानका लागि सहमति भएको नेताहरुको दाबी छ । राष्ट्रपति र प्रधानमन्त्रीमा अधिकार बाँडफाँट गरेर शासकीय स्वरुपमा कुरा मिलाउन प्रमुख तीन दल केही लचक भएको एमाले नेता रावलको भनाई छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा सहमति जुट्नेमा नेताहरुको दाबी छ ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बावुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली, तथा कांग्रेसबाट सभापति सुशील कोइराला, अजुर्ननरसिंह केसी, रामशरण महतलगायतका नेताहरुको सहभागिता थियो ।
शीर्ष बैठक पुनः बस्दै
यसैवीच, तीन दलका वीच राज्य पुनर्संरचना र शासकीय स्वरुपका विषयमा भएको छलफलका बारेमा छलफल गर्न पुनः प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । मंगाबर साँझ केही समय पछि विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बस्ने नेता रावलले जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन