सात कर्मचारी संगठन मन्त्री पण्डित बिरुद्ध

२३ बैशाख २०७१, मंगलवार ११:४६ मा प्रकाशित

काठमाडौं, २३ वैशाख । निजामती सेवा ऐनलाई चौथो संशोधन गर्ने सामन्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रस्तावको सात कर्मचारी संगठनहरूले बिरोध गरेका छन् ।

कर्मचारी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरेर मन्त्री पण्डितको प्रस्तावको बिरोध गरेका हुन् । ‘कानुन संशोधन गर्न र पारित गर्न संगठनहरुसँग सरसल्लाह गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री लालबाबु पण्डित एकोहोरो कर्मचारी बिरुद्ध खनिएका छन् ।’

पिआर र ग्रिनकार्ड भएका कर्मचारीलाई कारबाही गर्न निजामती सेवा ऐनलाई चौथो संशोधन गर्ने तयारी भएपछि संगठनहरु मन्त्री पण्डित बिरुद्ध उत्रिएका हुन् ।

मन्त्री पण्डितको बिरोध गर्नेहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल राष्ट्र सेवक कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संघ र राष्ट्रिय कर्मचारी संगठन रहेका छन् ।

उनीहरुले निजामती ऐन संशोधन गर्नु पर्ने भए लोकतान्त्रिक पद्धति अवलम्बन गरेर अघि बढ्न सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव