कुकुरको व्यापार उल्लेख्य

२३ बैशाख २०७१, मंगलवार ०७:३४ मा प्रकाशित

काठमाडौं, २३ वैशाख । घरपालुवा जनावरका रुपमा पालिने कुकुरको व्यापार नेपालमा उल्लेख्य बढेको छ । राजधानीमा सञ्चालित ३ दर्जन केनल क्लबबाट वाषिर्क ४ करोड बरारबरका कुकुर बिक्री हुने गरेका छन् ।

रोयल केनल क्लबका सञ्चालक केशरसिंह केसीका अनुसार कुकुर व्यापार राजधानीमा सबैभन्दा धेरै छ । मोफसलका सहरमा वाषिर्क करिब १ हजार ५ सय कुकुर बिक्री हुने गरेका छन् । ‘कुकुरलाई घरको सुरक्षासँगै सोखका रुपमा पाल्ने धेरै छन्,’ केसी भन्छन्, ‘यो संख्या अहिले धेरै बढेको छ ।’ विदेशी कुकुरलाई स्वदेशमा ब्रिडिङ गरेर बच्चा उत्पादन गर्न थालिएपछि आयात घटेको उनले बताए ।

नेपालमा बिक्री हुने ९० प्रतिशत कुकुर स्वेदशमा ब्रिडिङ गरिएका हुने माउन्ट एभरेस्ट केनल क्लबका सेल्स अफिसर विष्णु पौडेल बताउँछन् । उनका अनुसार यस्ता कुकुरको मूल्य ५ हजारदेखि ५० हजार रुपियाँसम्म छ । ‘कतिपय ग्राहकले राम्रो खालका कुकुर माग गरे विदेशबाट आयात गर्छौ,’ उनले भने ‘त्यस्ताको मूल्य १ देखि डेढ लाखसम्म पर्छ ।’ करोवार दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य