अमेरिकामा क्रियाशील पत्रकारहरुको संगठन नेजाको अधिबेसन सम्पन्न

२६ बैशाख २०६९, मंगलवार ०५:५८ मा प्रकाशित

न्युयोर्क, अमेरिका । अमेरिका र क्यानडाभरिको नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ नेजाको तेस्रो अधिबेसन आइतबार न्युयोर्कमा सम्पन्न भयो ।
अमेरिकाको विभिन्न राज्यमा क्रियासिल सयौ पत्रकारहरुको वीच सम्पन्न अधिबेसनले आङछिरिङ शेर्पाको सभापतित्वमा नया नेतृत्व चयन गरेको छ । उक्त कार्यसमितिको बरिष्ठ उप सभापतिमा गौतम दाहाल, महासचिवमा किसोर पन्थी, सचिवमा शिव विष्ट र कोषाध्याक्षमा गीता पन्थ चयन भएको छ । त्यस्तै पुर्वी क्षेत्रिय उपाध्याक्षमा पुरुषोत्तम ढकाल पेनसिलभेनिया, सुदुर पश्चिम क्षेत्रीय उपाध्याक्षमा जाङबु शेर्पा क्यालिफोर्निया, उपाध्याक्ष वासिटन डिसि क्षेत्रबाट विश्वराज थापा भर्जिनियालाई चयन गरेको छ ।

महाधिबेसनले तीन जना सदस्य पछि थप्ने गरि सदस्यहरुमा न्युयोर्कस्थित दिनेश जंग शाह र इन्दिरा चोङबाङलाई पनि चयन गरेको छ । उक्त अधिबेसनमा बरिष्ठ उपाध्याक्ष बाहेक सवै पदहरु निर्विरोध निर्वाचित भएका थिए । बरिष्ठ उपाध्याक्ष पदका लागी गौतम दाहाल र सर्मिला उप्रेती वीच निर्वाचन भएको थियो । नेजाले अधिबेसन सफल बनाउन सबैलाई विज्ञाप्ती मार्फत धन्यवाद ज्ञापन गरेको छ । उक्त अधिबेसन योगेस उपाध्याय, गिरिश पोखरेल शैलेश श्रेष्ठ र प्रताप अधिकारीको निर्वाचन कमिटिमा अधिबेसन सम्पन्न भएको थियो । न्युयोर्कको ऐष्टोरियास्थित चेन फेडरेसनमा आयोजित उक्त अधिबेसनको उदघाटन संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी उप प्रमुख सेवा अधिकारीले गर्नुभएका थिए ।

हाले मुलुकबाट टाढा यहासम्म आएर पनि नेपाली भाषा सस्कृतिको संरक्षण र नेपाली पत्रकारको हितमा नेजाले उल्लेखनीय कार्य गरेको बताउनु भएकी थिइन । उक्त अवसरमा समाजसेवी तथा प्राध्यापक डा तारा निरौला, नेपाल तथा पत्रकार महासंघका पुर्व कोषाध्याक्ष शिव खडका, बरिष्ठ पत्रकार तथा सल्लाहकार योगेस उपाध्याय, पत्रकार तथा पुर्व अध्यक्ष गिरिस पोखरेल, सल्लाहकार प्रताप अधिकारी, सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङ, रिज्युड नेपाली सोसाइटीका अध्यक्ष श्रीपराजुली, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष तथा १०३ औ पटक रक्तादान गर्न अर्जुन मैनाली, नेपाल आर्थिक पत्रकार संघ सेजनका अध्यक्ष प्रदीप चापागाई, युवा नेता आनन्दा विष्ट, नेपाली कांग्रेस उत्तर अमेरिका केन्द्रिय प्रतिनिधि मृदुला कोइराला, कानुन व्यवसायी खगेन्द्र जिसि, अन्तराष्टिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल, सगरमाथा टिभिका सञ्चालक राम खरेल, एनआरएन बोड अफ डिरेक्टर तथा कानुन व्यवसायी रमेश श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएका थिए ।

नेजाको सचिव सर्मिला उप्रेतीद्धारा सञ्चालित कार्यक्रममा अध्यक्ष कृष्ण शर्माले अमेरिकामा आएर पनि पत्रकारितामा क्रियासिल पत्रकारको हितमा सधै नेजा रहेको धारण व्यक्त गरेका थिए । त्यस्तै महासचिव आङछिरिङ शेर्पाले नेजाले अमेरिकामा विभिन्न कार्यक्रम गर्नका साथै नेपालमा दुर्घटनामा परेका र विरामी भएर समास्या परेका पत्रकारहरुलाई आर्थिक सहयोग गदै आएको बताउनु भएका थिए । त्यस्तै नेजाले यस बर्षदेखिन नेपालको ग्रामीण भेगमा उत्कृष्ट पत्रकारिता गदै आएको नेजा बद्रीकुल उत्कृष्ट पुरस्कार प्रेस स्वतन्त्र दिवसको अवसर पारेर हेटौडाका पत्रकार प्रताप विष्टलाई १ लाख ११ हजार १ सय ११ रुपिया प्रदान गरेको थियो । कार्यक्रममा नेजाद्धारा प्रकाशित स्मारिका प्रयासको पनि विमोचन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न