नयाँ संविधानमा न्यायपालिका स्वतन्त्र रहोस

२६ बैशाख २०६९, मंगलवार ०५:५३ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । प्रधानन्यायाधीश खिलराज रेग्मीले नयाँ बन्ने संविधानमा न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सुनिश्चितता गराउन कानुन दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताएका छन् ।

रेग्मीले न्यायपालिकाले प्राप्त गरेको सफलता यसलाई संविधानद्वारा प्रत्याभूत स्वतन्त्रताको कारणले मात्र सम्भव हुन पुगेको उल्लेख गर्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको अभावमा संविधानप्रदत्त जनताका हक, अधिकार एवं स्वतन्त्रताको संरक्षण एवं संवर्द्धन नहुने बताएका छन् । कानुन दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले हरेक लोकतान्त्रिक मुलुकमा संविधानद्वारा नै न्यायपालिकाको स्वतन्त्रता प्रत्याभूत हुने व्यवस्था रही आएको बताएका छन् ।

प्रधानन्यायाधीश रेग्मीले विज्ञप्तिमा जोड दिएका छन् संविधानवादका सिद्धान्तअनुरूप कार्य गर्दै लोकतान्त्रिक शासन व्यवस्थालाई प्रभावकारी तुल्याउन स्वतन्त्र न्यायपालिकाको प्रत्याभूति अपरिहार्य रहने उल्लेख गर्दै वक्तव्यमा यही मान्यताअनुरूप नेपाली न्यायपालिकाले पनि कानुनी शासनसम्बन्धी मान्यतालाई प्रभावकारी रूपमा स्थापित गराउन प्रयत्नशील रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा