सिटौलाको संयोजकत्वमा बार्ता टोली गठन

२६ बैशाख २०६९, मंगलवार ०५:३८ मा प्रकाशित

काठमाडौं, २५ वैशाख । दूरपश्चिमका विभिन्न संघसंगठनहरुसँग बार्ता गर्न सरकारले उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

समितिका सदस्यहरुमा विना विभागीयमन्त्री वर्षमान पुन र सिंचाईमन्त्री महेन्द्र यादव रहेका छन् । तीन सदस्यीय समितिलाई सुदूरपश्चिम बन्दमा उत्रिएका राजनीतिक दल, नागरिक समाज र अधिकारीकर्मीसँग वार्ता गर्ने जिम्मेवारी दिइएको छ ।

अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनमा उत्रिएका त्यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज र अधिकारकर्मीलाई बन्द फिर्ता लिई वार्तामा आउन प्रमुख दल माओवादी, नेपाली कांगे्रस र नेकपा एमालेका शीर्ष नेताहरुले आग्रह गरेपनि त्यसले आफूहरुका माग सम्बोधन हुन नसक्ने भन्दै उनीहरुले थप आन्दोलन चर्काएका थिए ।
बन्दका कारण सुदूरपश्चिममा यातायात, शिक्षण संस्था, पसलकवल बन्द हुँदा स्थानीयवासीको दैनिकीसमेत प्रभावित हुँदै आइरहेको छ भने अस्पतालहरुमा औषधीसमेत पाइन छाडेको बताइएको छ ।

बन्द फिर्ता लिई वार्तामा आउन प्रमुख दल माओवादीअध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँगे्रसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गत शुक्रवार आह्वान गरेपनि बन्द फिर्ता नभएपछि आजै प्रधानमन्त्री डा बाबुराम भट्टराईले बन्द फिर्ता लिई वार्तामा आउन आग्रह गर्नुभएको थियो ।

बन्दकर्ताले सरकारसँग हुने वार्ता सुदूरपश्चिममै हुनुपर्ने र वार्ता र बन्दलाई सँगसँगै लैजाने बताएपछि सरकारले वार्ता अगाडि बढाएर निकास खोज्न उपप्रधानमन्त्री सिटौलाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति