

काठमाडौं, २४ वैशाख । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा समूहले संस्थापन पक्षले पार्टीमा सर–सल्लाह नगरी मन्त्रि चयन गरेको गरेको भन्दै बिरोध जनाएको छ ।
देउवा समूहका सभासद र केन्द्रीय नेताहरुको आज काठमाडौंमा बसेको बैठकले पार्टी विधान विपरित संस्थापन पक्षले मन्त्री सिफारिस गरेको आरोप लगाएको छ । उनीहरुले तत्काल वर्तमान सरकारमा सहभागी नहुने निर्णय पनि गरेका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीमा सर–सल्लाहनै नगरेर मन्त्रीको नाम पठाउने कार्य विधि र विधान विपरित रहेको बताए । ‘सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय संसदीय बोर्डमा छलफल हुनुपर्छ’, उनले भने, ‘संसदीय बोर्ड नरहेको अवस्थामा सो विषय केन्द्रीय समितिमा छलफल हुनुपर्ने तर कतै छलफल भएन ।’
देउवा समूहले संविधानका बिवादित विषयमा सहमति नहुँदा सम्म सरकारमा सहभागी हुन नहुने निष्कर्ष निकालेको छ । उनीहरुले पार्टी भित्रको आन्तरिक बिवादका साथै भातृ संगठनका विषयमा समेत निकास खोज्न संस्थापन पक्षलाई आग्रह गरेको छ ।
शनिबार सभापति सुशील कोइरालाले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा छलफल गर्न बोलाएको केन्द्रीय समिति बैठक देउवा समूहले बहिष्कार गरेपछि संस्थापन पक्षले महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सूर्यमान गुरुङलाई मन्त्रीमा सिफारिस गरेको थियो ।
बैठकमा वरिष्ठ नेता शेरबहारदुर देउवाका साथै गोपालमान श्रेष्ठ, विमलेन्द्र निधी, महेन्द्र यादव, बालकृष्ण खाँडलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार
काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने
काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र