चट्याङबाट तीन जनाको मृत्यु

१९ बैशाख २०७१, शुक्रबार १६:१४ मा प्रकाशित

विराटनगर, १९ वैशाख । पूर्वाञ्चलमा हावाहुरीसँगै आएको चट्याङ लागेर तीन जनाको मृत्यु हुनाका साथै ११ जना घाइते भएका छन् ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर प्याउली–१ बस्ने २४ वर्षीय एकराज श्रेष्ठ तथा सोलु टाकसिन्धु–३ बस्ने १७ वर्षीय छेवाङ शेर्पा र ३८ वर्षीया डानिमा शेर्पाको घरको आँगनमा बसिरहेका अवस्थामा चट्याङबाट मृत्यु भएको छ ।

बिहीबार राति परेको चट्याङमा परी ओखलढुङ्गा कटुन्जे–१ की ४० वर्षीया उर्मिला कटुवाल, ६० वर्षीया छकिमाया दर्जी, २३ वर्षीया सम्झना गिरी र ५८ वर्षीया मिठुमाया सार्की गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ ।

यसैगरी धनकुटा भिरगाउँ–९ स्थित शेरबहादुर दर्लामीको घरमा चट्याङ पर्दा निजकी ५५ वर्षीया आमा बुद्धमाया, श्रीमती ३० वर्षीया इन्द्रकुमारी र चार वर्षीय छोरा रितेश मगर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थास्थ्य चौकी हिले पठाइएको छ ।

यसैगरी झापाको राजगढ–८ मा बिहीबार परेको चट्याङले एकै परिवारका चार जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय मोहन राजवंशीकी श्रीमती ४५ वर्षीया मङ्गलसरी, भाइ ३५ वर्षीय चन्द्र तथा छोरीहरु १३ वर्षीया सुनती र २२ वर्षीया विष्णु छन् । घाइतेलाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएको छ ।

चट्याङबाट सोही परिवारको गोठमा रहेका एउटा गाई र एउटा गोरुसमेत मरेका छन् । चट्याङबाट भोजपुरकै हेलौङछा–४ का भक्तबहादुर तामाङको गोठमा बाँधिएको एउटा गोरु, एउटा राँगो एक\दुई वटा सँंगुर मरी अन्दाजी मूल्य ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना