बाबुराम भट्टराई नेतृत्वको राष्ट्रिय सहमतिको सरकारका १० मन्त्रीले सपथ लिए

२३ बैशाख २०६९, शनिबार २१:११ मा प्रकाशित

काठमाडौं, २३ वैशाख । उपप्रधानमन्त्रीसहित १० जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । पद तथा गोपनियताको शपथ ग्रहण गर्ने उपप्रधानमन्त्री तथा मन्त्रिहरुमा माओवादीका पाँच, मधेसी मोर्चाका पाँच र कांग्रेसका दुई जना रहेका छन् । राति ९ बजे राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री बाबुराम भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । माओवादीबाट नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोग्टी, वर्षमान पुन, टोपबहादुर रायमाझी र दीनानाथ शर्मा, कांग्रेसका कृष्णप्रसाद सिटौला र सूर्यमान गुरुङ र मोर्चाबाट विजयकुमार गच्छदार, हृदयेश त्रिपाठी, महेन्द्र यादव र राजकिशोर यादवले शपथ पद तथा गोपनियताको शपथ लिएका थिए । माओबादीका टोपबहादुर रायमाझी अनुपस्थित रहेका थिए भने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पार्टोको अधिवेशनमा जनकपुरमा व्यस्त रहेकाले आइतबार मात्र शपथ ग्रहण गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको