बर्षाकै कारण विमानस्थलमा उडान प्रभावित

१९ बैशाख २०७१, शुक्रबार १३:३० मा प्रकाशित

काठमाडौं, १९ वैशाख । राजधानीलगायत मुलुकका विभिन्न स्थानमा परेको बर्षाका कारण जनजीवन प्रभावित बनाएको छ । बिहीबारदेखि परेको बर्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान समेत प्रभावित बनाएको छ ।

बर्षाकै कारण आज (शुक्रबार) विहान दश बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान समेत प्रभावित भएको छ । खराब मौसमका कारण भिजिविलिटी कम भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन विमानस्थल मौसम महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।

उनका अनुसार एक/दुई दिनसम्म मौसम यथावत रहने छ । ‘भारतको विहारमा उत्पन्न मौसम प्रणाली र बंगालको खाडीबाट आएको वास्पीकरणका कारण नेपालमा बर्षा भएको हो,’ उनले भनिन् ।

विशेष गरेर पूर्व र मध्य नेपालको भूभागमा बर्षा भई रहेको छ । मौसमविदे कँडेलले राजधानीमा बिहीबार सवा आठबजे देखि शुक्रबार विहान सवा आठबजे सम्म २५ दशमलव चार मिलिमिटर बर्षा भएको जानकारी दिईन् ।

ओखलढुङ्गामा सबै भन्दा धेरै ३२ दशमलव ८ मिलिमिटर बर्षा भएको छ । पोखरा, डडेलधुरा, जुम्ला लगायतका जिल्लामा पनि पानी परेको छ ।

यसैबीच, मौसमविद् कँडेलले दुईदिन यता चट्याङ पर्ने क्रममा अत्याधिक भएकाले सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेकी छन् । चट्याङ पर्ने क्रम सुरु भएका बेला सकेसम्म घर भित्रै बस्न उनले आग्रह गरिन् । ‘चट्याङ पर्ने क्रममा अलि धेरै भएको छ,’ उनले भनिन्, ‘चट्याङबाट बच्ने सबै भन्दा उपयुक्त उपाय घर भित्रै बस्ने हो । यस्तो बेला बाहिर हिडडूल गर्दा राम्रो हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका