कांग्रेसमा विवाद,मन्त्रि छान्ने अधिकार सभापतिलाई, कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सरकारमा सहभागी हुने

२३ बैशाख २०६९, शनिबार १९:४० मा प्रकाशित

काठमाडौं, २३ वैशाख । बाबुराम भट्टराई नेतृत्वको राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन कांग्रेसले पठाउने मन्त्रीको नामलाई लिएर विवाद बढे पछी मन्त्रीको नाम चयन गर्ने अधिकार सभापति सुशील कोइरालालाई दिइएको छ ।

कोइराला निवास महाराजगञ्जमा शनिबार साँझ बसेको बैठकमा सहमतिको सरकारमा सहभागी हुन कांग्रेसले पठाउने मन्त्रीको नामलाई लिएर देउबाले विवाद सुरु गरेपछि मन्त्रीको नाम चयन गर्ने जिम्मा सभापतिलाई दिएको हो । केन्द्रीय सदश्य राम सहर्ण महतका अनुसार शनिबार साँझ बसेको बैठकले पार्टीले सभापतिलाई मन्त्री चयन गर्ने अधिकार दिएको छ र आजै नाम पठाइने छ ।

नेता शेरबहादुर देउवा पक्ष अनुपस्थित रहेको बैठकले सरकारमा सहभागी हुने पाँच बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेता महतका अनुसार संविधान निर्माणलाई निश्कर्षमा पुर्याउन सहमितिको सरकार बनेको हुदा काँग्रेस सरकारमा सहभागी हुने निर्णय भएको हो ।

देउबा पक्षीय नेता प्रकासशरण महतका अनुसार संविधानका विवादित विषयमा सहमति नगरी सरकारमा जान नहुने भन्दै देउवा समूह बैठकमा नगएको हो । यद्यपी देउबा समुहले भ्रातृ संगठनको विवाद, संसदीय बोर्डलगायतमा मनोनयन गर्ने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै अनुपश्थिति जनाएको देउबा निकटको भनाइ रहेको छ ।

यता सस्थापन पक्ष भित्र पनि सरकारमा सहबह्गी हुने बिषयलाई लिएर महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला बीच विवाद बढेको छ । तर बिबादकाबीच संस्थापन पक्ष निकट एक नेताका अनुसार कृष्णप्रसाद सिटौलालाई सरकारको नेतृत्व दिने आन्तरिक निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर