‘सत्ताधारी पूरानै ढर्राबाट अगाडि बढेकोले समस्या’

१८ बैशाख २०७१, बिहीबार २०:३० मा प्रकाशित

काठमाडौ, १८ वैशाख । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सत्ताधारी पार्टीहरु मुखले सबै पक्षसँग मिलेर जाने भनेपनि पूरानै ढर्राबाट एकल ढंगले अगाडी बढेको बताएका छन् । उनले सत्तारुढ दलहरुका कारण राजनीतिक समस्या झन् गहिरिँदै गएको बताए ।

काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले संविधानसभावाट जनताको पक्षमा संविधान नबन्ने बताए । उनले नयाँ संविधानका लागि गोलमेच सभाबाट राजनीतिक निकास खोजिनुपर्ने बताए ।

‘सरकार भित्र र वाहिरका पार्टीहरुले जनताको भावना विरुद्धमा गए त्यसको प्रतिरोध हुने र त्यसको नेतृत्व हाम्रो पार्टीले गर्छ’ वैद्यले भने ।

मजदूर दिवसका सन्दर्भमा बोल्दै वैद्यले अहिले श्रमजिवी मजदूर वर्गले अहिलेसम्म गरेको आन्दोलनलाई नेताहरुले सम्झौतामा टुङ्ग्याउँदै धोका दिएकाले चाहे अनुसारको परिवर्तन हुन नसकेको बताए । सम्पूर्ण श्रमजीवी वर्गलाई नयाँ क्रान्तिका लागि गोलबद्ध हुन उनले आग्रह गरे ।

‘अहिलेसम्मका आन्दोलनको नेतृत्व गर्ने नेताले आफूलाई महान् ठानेकाले धोका भएको छ’ उनले भने । राजनीतिक नेतृत्वले गर्नुपर्ने राजनीतिक, दर्शन, समालोचनाको काम साहित्य क्षेत्रले गरेको भन्दै वैद्यले खुशी व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार