काक्रेविहारमा बुद्धको मूर्ति प्रतिस्थापनको अभियान यथावत

१८ बैशाख २०७१, बिहीबार १५:३७ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । काक्रेविहारमा बुद्धको मूर्ति स्थापना गर्ने अभियानसहित यस वर्षको बुद्ध जयन्ती मनाइने भएको छ ।

गत वर्ष बुद्ध जयन्तीकै दिनबाट काक्रेबिहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्ने विषयमा आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको स्मरण गर्दै नेपाल बौद्ध महासंघले बुद्ध जयन्ती मनाउन लागेको जनाएको छ । महासंघले काक्रे विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्ने अभियानकै रुपमा लिएको बताएको छ ।

‘सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना’ भन्ने मूल नाराका साथ मनाउन लागिएको बुद्ध जयन्तीलाई सफल बनाउन आदिवासी जनजाति संघ संगठन र बुद्धका अनुयायीहरुले भब्य रुपमा मनाउन लागेको हो ।

बुद्ध जयन्तीको अवसर पारी आज (बिहीबार) काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष फुपुछेम्बे शेर्पाले काक्रेविहार आन्दोलन यथावत रहेको बताए ।

‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ,’ उनले भने, ‘तर राज्यले हाम्रो मागको सुनुवाई बेवास्ता गरी संघर्षका कार्यक्रम गर्न बाध्य नपारियोस ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार