मधेशकेन्द्रित दलहरुबीच एकता अपरिहार्य : यादव

१८ बैशाख २०७१, बिहीबार २२:१५ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । तराई मधेश सदभावना पार्टी नेपाल (तमसपा)का अध्यक्ष महेन्द्र यादवले मधेश केन्द्रित दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् ।

यादवले विगत पाँच/छ वर्षमा मधेशकेन्द्रित दलहरु आफ्नै अहंकार र विभिन्न बहानामा विभाजित भइ मधेशको मुद्दा कमजोर भएको स्वीकार गरे । काठमाडौंमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा उनले मधेशवादी दलहरुका बीच एकता अपरिहार्य रहेको बताए ।

उनले विभाजनका पीडाले मधेशलाई घाटा भएको र मधेश मुद्दा कमजोर भएको उल्लेख गरे । उनले सिद्धान्त र मुद्दा मिल्ने दलहरुसँग एकीकरण गर्नका लागि तयार रहेको बताए ।
‘अहिले विस्तृत छलफल र बहस गर्नका लागि हामीले गठन गरेका छौं, त्यसबाट हामीले टुंगो लगाउँछौं,’ उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका यादवले ठूला दलहरुले गणितीय हिसाबमा संविधान बनाउन खोजेको आरोप लगाए । उनले गणितीय हिसाबले संविधान बन्यो भने आफूहरुलाई मान्य नहुने र देशमा दिगो शान्ति स्थापना नहुने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा