जरिनलाई बलिउडले तान्न सकेन

१८ बैशाख २०७१, बिहीबार १४:४३ मा प्रकाशित

मुम्बई : बलिउडको आकर्षणले विश्वलाई लोभ्याएको छ । सायद त्यसैले होला धेरै देशका अभिनेत्री बलिउडमा भित्रिएका छन् । तर अभिनेत्री जरिन खान भने बलिउड छोड्ने तरखरमा छिन् । त्यसैले पनि होला अचेल उनको ध्यान बलिउडको भन्दा अन्य चलचित्र उद्योग तिर रहने गरेको छ ।
जरिन चलचित्र ‘वीर’मा अभिनय गरेर बलिउडमा देखिएकी हुन् । वीरमा सलमानको अपोजित भूमिकामा थिइन् उनी । सलमानसंगको जोडि भएकै कारणले उनको डेब्यु पनि दमदार बन्यो । र लगातार उनले चलचित्र पाउन सफल भइन् ।
भर्खर मात्र प्रर्दशनमा आएको चलचित्र ‘जट्ट जेम्स बोन्ड’मा पनि जरिनको मुख्य भूमिका रहेको थियो । चलचित्रको हालै मुम्बई शहरमा प्रिमिएर समेत भयो । प्रिमिएरमा चलचित्रकर्मी लगायत दर्शकको पनि उत्साह जनक सहभागिता रह्यो ।
प्रिमियरमा जरिनले दर्शकका साथ कयौ तस्वीर पनि खिचिन् र तस्वीर फेसबुककाबाट सार्वजनिक समेत गरिन् । जसका कारण उनलाई लाखै कमेन्ट समेत आए ।
हुन त जरिनले तमिल चलचित्र ‘नान राजावगा’ मा एक आइटम नम्बर पनि गरेकी छन् । यो उनको पहिलो टोलिउड यात्रा हो । अहिले उनी गान्धी कृष्णको निर्देशनमा बन्ने अर्काे तमिल चलचित्र करिकालन अभिनय तरखरमा लागेकी छिन् ।
केही पहिले प्रर्दशित बलिउड चलचित्र ‘रेडी’मा आइटम समेत गरेकी जरिनले ‘हाउस फुल २’ पनि अभिनय गरेकी थिइन् । तर यी चलचित्रका कारणले उनको चर्चा भने सामान्य पनि भएन । त्यसैले पनि होला उनी अचेल अन्य चलचित्र उद्योगरित ध्यान बढाउन थालेकी छन् । जरिन अहिले चलचित्र ‘पार्टनर २’ अभिनयरत छिन् । चलचित्रको पहिलो पार्टमा कट्रिना कैफले अभिनय गरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया