फिलिपिन्समा पन्ध्र विद्रोही मारिए

१८ बैशाख २०७१, बिहीबार १३:५९ मा प्रकाशित

एएफपी
जाम्बोङ्गा (फिलिपिन्स), १८ वैशाख । फिलिपिन्सको सैनिकले गरेको कारबाहीमा परी बुधबार कम्तीमा पनि १५ जना सशस्त्र हतियारधारीको ज्यान गएको छ ।
मारिनेमा इस्लामिक मिलिटेन्टहरू रहेका बताइएको छ । उनीहरूको खोजीका लागि फिलिपिन्सको सेनाले मङ्गलबार साँझदेखि नै बुधबार बिहानसम्म हवाई कारबाही थालेको थियो ।
सेनाले स्थल कारबाही पनि गरेको र सो क्रममा झडप पनि भएको अधिकारीहरूले जनाएका छन् ।
सो झडपमा परी केही हतियारधारीहरू घाइते पनि भएका छन् । मङ्गलबार साँझदेखि नै सो भिडन्त भएको बताइएको छ ।
उक्त भिडन्त बुधबार बिहानसम्म नै जारी रहेको र बुधबार बिहानसम्ममा कम्तीमा पनि १५ जना लडाकू मारिएका छन् । ती लडाकू अबु सैयब नामको सशस्त्र विद्रोही हतियारधारी समूहका रहेका पनि बताइएको छ ।
समूह विश्व आतङ्ककारी सञ्जाल अल कायदासँग सम्बन्ध एवम् सम्पर्क भएको सङ्गठन भएको पनि फिलिपिन्सका अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार