बर्दियामा निःशुल्क सर्पदंश उपचार केन्द्र स्थापना

१८ बैशाख २०७१, बिहीबार १३:४३ मा प्रकाशित

बर्दिया, १८ वैशाख । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बर्दियाको वगनाहा–८, सैनावरमा नेपाली सेनाले निःशुल्क सर्पदंश उपचार केन्द्रको स्थापना गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नरसिंह दल गणले सर्पदंशका विरामीहरूको उपचारका लागि केन्द्र स्थापना गरेको जनाएको छ । बर्षायामसंगै बर्दियालगायत विभिन्न जिल्लामा विषालु सर्पले डस्दा उपचार अभावमा हुँदै आएको थियो । केन्द्र स्थापना पछि उपचारमा सहयोग मिल्ने स्थानीयको भनाई छ ।
सर्पदंशको उच्च जोखिममा रहेको बर्दियामा सर्वसाधारणको उपचार गर्न केन्द्र स्थापना गरिएको गणपति इश्वर थापाले बताए । सर्पदंश उपचार केन्द्रमा बर्दियासंग सीमा जोडिएका कैलाली र बाँकेका स्थानीय लाभान्वित हुने सेनाको भनाई छ ।
केन्द्रमा सर्पदंशका विरामी बाहेक पूर्व पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घईतेहरू र स्थानीय विरामीलाई समेत प्राथमिक उपचार गरिने गणपति थापाले बताए ।
५ शैय्या रहेको उपचार केन्द्रमा सेनाका ४ जना स्वास्थ्यकर्मीहरूले नियमित सेवा प्रदान गर्नेछन् । केन्द्रमा हाल पर्याप्त सर्पदंशको औषधि ‘एन्टिस्नेक भेनम’ रहेको गणपति थापाले बताए ।
केन्द्र स्थापनाका लागि भवन र आवश्यक सामाग्री खरीद गर्न ७ लाख १९ हजार रुपियाँ लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार