अन्नपूर्णमा हिमपहिरो, हिमपहिरोपछि आएको बाढीबाट मर्नेको सङ्ख्या १४ पुग्यो

२३ बैशाख २०६९, शनिबार १८:४१ मा प्रकाशित

सरिता गुरुङ, काठमाडौं, २३ वैशाख । मौसम परिवर्तनको प्रत्यक्ष मारमा परेको हिमालय क्षेत्र अन्तर्गत कास्कीको माछापुच्छ्रे गाविसको अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको बाढीले बगाएर एक विदेशीसहित १४ जनाको मिर्त्यु भएको छ । घटनास्थलमा पुगेका उद्दार कर्मीहरुको अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
शनिबार बिहान करिब ९ बजे सुरु भएको हिम पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको उद्दार कर्मीहरुले बताएका । अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको हिमपहिरो कास्कीको सर्दीखोला गाविस खारापानीमा ८ घर बगाएको छ भने तीन पर्यटकसहित ५० जना बेपत्ता भएका छन् । बेपत्ता पर्यटक रुसी नागरिक भएको बताइएको छ। हिमपहिरोले माछापुच्छ्रे गाविस र सर्दी खोला गाविस जोड्ने झोलङ्गे पुल छियाछिया पारेको छ । हिमपहिरो परि बेपत्ता हुनेहरुमा अधिकांश तातोपानी कुन्डमा नुहाउन गएकाहरु रहेका छन् । हिमपहिरोमा एउटै परिवारका ५ जनासमेत बगेको बताइएको छ । हिम पहिरोको सूचना लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा नेपाली सेनाको हेलिकप्टर हिमपहिरो गएको अन्नपूर्ण हिमश्रृंखला र बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पोखराबाट विशेष हेलिकप्टर सहित त्यस क्षेत्र प्रस्थान गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि काठमाडौबाट आएको उक्त हेलिकप्टर लिएर भर्खरै यहाँका सुरक्षा निकायका प्रमुखहरुलाई लिएर त्यसतर्फ प्रस्थान गरेका पोखरा बाट हाम्रा सहकर्मीले जनाएका छन् । पोखरास्थित पश्चिम पृतनापति भिक्टरशम्शेर राणा, डिआईजी राजेन्द्रसिंह भण्डारी, कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराई लगायत अधिकारी अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको घटनास्थलको अवलोकन गर्न त्यस तर्फ उडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल