खतरनाक विकिरण हरायो

१८ बैशाख २०७१, बिहीबार ०९:१२ मा प्रकाशित

काठमाडौ, १८ वैशाख । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उपयोगपछि फिर्ता पठाएको रेडियोधर्मी पदार्थ राजधानी ल्याउँदै गर्दा बाटैबाट हराएको छ । क्यान्सर रोगीको उपचार उपकरण (ब्रेकी थेरापी मेसिन) मा प्रयोग हुने स्रोत सोर्स-इरेडियम १९२’० नारायणगढदेखि कलंकीबीचको राजमार्गबाट बेपत्ता भएको हो । हराएको पदार्थ सेतो बाल्टिनमा छ । बाल्टिनभित्र राखिएको स्रोत स्टिलको तार जस्तो छ । करिब १५ किलोको बाल्टिनको बाहिर रेडिएसनको चिह्न छ ।

हराएको रेडियोधर्मी पदार्थबाट उत्पन्न हुने विकिरण घातक हुने भएकाले अस्पतालले खोजी गर्न प्रशासनलाई आग्रह गरेको छ ।

विकिरणको सम्पर्कमा आउने व्यक्तिको अंगभंग वा क्यान्सर हुन सक्ने भन्दै विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यसको प्रत्यक्ष सम्पर्कबाट टाढै रहन उनीहरूले सर्वसाधारणलाई आग्रह पनि गरेका छन् ।

‘बाल्टिन बन्द छ भने केही हुँदैन, तर फुटाएमा उक्त पदार्थबाट उत्पन्न विकिरणको सम्पर्कमा आउने व्यक्तिलाई ठूलो असर गर्छ,’ अस्पतालका मेडिकल फिजिसिस्ट प्रद्युम्नप्रसाद चौरसियाले भने, ‘स्रोतलाई हातमा राख्यो भने हातै रातो हुन्छ, पोल्न थाल्छ र विकिरण शरीरमा पसेर घातक प्रभाव पार्छ ।’

स्रोत खुल्ला ठाउँमा राखियो भने विकिरणको प्रभाव करिब १० मिटर परसम्म रहने व्यक्तिलाई हानि पुर्‍याउन सक्ने उनले बताए । ‘यो विकिरण ३८० किलो इलेक्ट्रोन भोल्टको गामा किरण हो । खुल्ला ठाउँमा रहँदा करिब चाररपाँच वर्षपछि मात्र यसको प्रभाव घट्छ,’ उनले भने, ‘इरेडियम १९२’, को आधा आयु काल ७४ दिनको हुन्छ ।’

अस्पतालका लागि यो स्रोत बेल्जियमबाट ल्याइएको थियो । उपचारमा उपयोगपछि प्रक्रिया पूरा गरी कुरियरमार्फत राजधानी हुँदै बेल्जियम नै पठाउन लागिएको चौरसियाले जनाए । हराएको ९ दिनपछि मात्रै आयातरनिर्यातमा संलग्न कार्गोले जानकारी

गराएको पनि उनले जनाए । स्रोत वैशाख ८ गते कुरियरमार्फत काठमाडौं हुँदै बेल्जियमका लागि पठाइएको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार