एउटै सडकमा तीन योजना

१८ बैशाख २०७१, बिहीबार ०९:०३ मा प्रकाशित

दैलेख, १८ वैशाख । दैलेख सदरमुकामको वैकल्पिक सडक सरस्वती मन्दिर–काँडाचौर सरकारी योजना दोहोरिएको छ। एउटै सडकका लागि तीन योजनामार्फत बजेट छुट्याइएपछि अनियमिता हुनसक्ने भन्दै पारदर्शी रुपमा काम बाँडफाँट हुनुपर्ने नगरवासीको माग छ।
दुई किलोमिटर वैकल्पिक सडकका लागि यो आवमा स्थानीय विकास शुल्क जगेडा कोषबाट ४५ लाख छुट्याइएको छ। जसमध्ये नारायण नगरपालिकाले ३० प्रतिशत रकम व्यहोर्नुपर्ने प्रावधान छ। त्यस्तै सडक डिभिजन कार्यालयले ११ लाख उक्त बाटोका लागि छुट्याएको छ। टेन्डरबाट ४ लाख ६४ हजार रुपैयाँमा मर्मतका लागि ठेक्का कबोल भएको सडक डिभिजनले जनाएको छ। काँडाचौर आसपास र खुर्सानीबारी माथिसम्म जिल्ला विकास समितिले ८० लाख खर्चेको छ। उपभोक्ता समिति र ठेकेदारमार्फत जिविसले काम गरेको हो। यसअघि सडक डिभिजन कार्यालयले बर्सेनि लाखौं रकम सडकमा खर्चने गरेको छ। त्यस्तै नगरपालिकाले पनि मर्मत गर्दै आएको थियो।

सडक मर्मतका लागि विगतदेखि नै सडक डिभिजन कार्यालयले ठाउँ–ठाउँमा नाली बनाए पनि गुणस्तरहीन बनाएका कारण भत्किएको छ। बर्सेनि सडक डिभिजनले सडक मर्मतको लागि टेन्डर गर्ने गरे पनि काम गुणस्तरीय हुन नसकेको नगरवासीले आरोप लगाएका छन्। ‘बर्सेनि डोजर घुमाएर सडकको पैसा सक्ने गरिएको छ,’ स्थानीय धन बिसीले भने, ‘सडक चौडा र स्तरोन्नति कहिल्यै हुन्न, बरु डोजर घुमाएरै पैसा सक्ने गरिन्छ।’

विगतमा पनि नारायण नगरपालिका र सडक डिभिजन कार्यालयले उक्त सडकमा बजेट सक्ने गरेको नगरवासीले आरोप लगाएका छन्। दुई किमी सडकका लागि कालोपत्रे हुने पैसा सकिँदासमेत गाडी हिँड्न नसक्ने भएको छ। जति सडक मर्मत गर्‍यो, उति नै बिग्रिएर गाडी हिँड्न नसक्ने अवस्था पुगेको स्थानीय यज्ञ रेग्मीले बताए बताए।

दैलेख बजारको सडक साँघुरो भएकाले वैकल्पिक सडकका रुपमा लिइएको सरस्वती मन्दिर–काँडाचौर सडक उच्च प्राथमिकतामा राखिए पनि गुणस्तर काम हुन नसक्दा लथालिंग अवस्थामा रहने गरेको हो। अहिले एउटै सडकमा सडक डिभिजन र नगरपालिकाले काम गर्नुपर्ने भएकाले छुट्टाछुटै खण्डमा काम गर्ने तयारी भएको नारायण नगरपालिकाका कार्यकारी अधिकृत नेवबहादुर वलीले बताए।

सडक नै च्यापेर घर बनाउँदासमेत सडक डिभिजन कार्यालय र नगरपालिकाले चासो नै दिन सकेका छैनन्। एउटै सडकमा सरकारी निकायबाटै आफूखुसी रकम छुट्याउँदा दुरुप्रयोग हुनसक्ने स्थानीयको आरोप छ। कामको जिम्मेवारी बाँडेर हिसाबकिताब देखाउनुपर्ने नगरवासीको माग छ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न