काँग्रेस जातीय राज्यको बिपक्षमा: कोइराला

२३ बैशाख २०६९, शनिबार १८:२३ मा प्रकाशित

नुवाकोट, २३ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टी राज्य पुनर्संरचनामा जातीय बिभाजनको पक्षमा नरहेको बताउनु भएको छ । रसुवाको कालिकास्थानमा शनिबार आयोजित आमसभामा कोइरालाले राज्य पुनर्संरचनामा काँग्रेस जातीय बिभाजनको पक्षमा नरहेको स्पष्ट पार्नु भएको हो । कोइरालाले हालै भएको मधेसी मोर्चा सहित तीन दलको सहमतिमा लोकतन्त्रको बिजय भएको दावी गर्नु भएको छ ।
उहाँले देशभर शान्ति र लोकतन्त्रको पक्षमा जनता उर्लेको बताउनु भयो ।
कांग्रेसले निर्धारित समयमा नै लोकतान्त्रिक संबिधान निमार्णमा सबै शक्ति खर्च गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
काँग्रेस नेता रामशरण महतलगायतका नेतासहित हेलिकप्टरमा रसुवा पुग्नु भएका कोइरालालले बिभिन्न पार्टी परित्याग गरेका एक सय बढी कार्यकर्तालाई कांग्रेसमा प्रबेश गराउनु भएको थियो ।
काँग्रेस नेता रामशरण महतले सरकारमा जाने बिषयमा पार्टी सामान्य बिवाद भएपनि छलफलबाट टुङगो लगाउने बताउनु भयो । उहाँले कांग्रेसले लोकतन्त्रको सवालमा कसैसंग सम्झौता नगरेको र अब माओवादीसंग पनि संझौता नगर्ने उल्लेख गर्नु भयो ।
महतले राष्ट्रिय एकता मजबुद बनाउन र जातीय सद्भाव कायम राख्न कांग्रेस जातीय संघीयताको बिपक्षमा रहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने