शनिबार पनि बिवादित विषयमा दलहरुबीच कुरा मिलेन

२३ बैशाख २०६९, शनिबार १८:१८ मा प्रकाशित

काठमाडौं, २३ वैशाख । मधेसी मोर्चा सहित माओवादी, कांग्रेस र एमालेको भागबण्डामा नयाँ संविधानका बिवादित विषयमा शनिबारको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ ।
शनिबार काठमाडौंमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल भएपनि कुनै सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।
सहमतीय सरकार बनाउने सहमति गरेका प्रमुख दलहरुले तीन भित्र विवादित विषयमा सहमति जुटाउने निर्णय गरेका थिए । तीन दिनमा पनि सहमति हुन नसके संविधानसभा मार्फत प्रक्रियामा गएर मतदानबाट विवादित विषय टुङगाउने यस अघि नै सहमति भईसकेको छ ।
दलहरुका वीच आइतबारसम्म सहमति हुन नसके सोही दिन बस्ने संविधानसभा बैठकमा मतदानका लागि विवादित विषय पेश गर्ने नेताहरुको भनाई छ ।
विशेष गरेर दलहरुका वीच राज्य पुनर्संरचनामा धेरै विवाद देखिएको छ । शासकीय स्वरुपमा पनि छलफल गरेपनि दलहरु सो विषयमा भने सहमति हुन सक्ने बताउ छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ