हुलाकका कर्मचारीद्धारा तलब वृद्धिको माग

१७ बैशाख २०७१, बुधबार १७:०८ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत तलब वृद्धि गर्नुपर्ने मागसहित नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनले सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग तलव बृद्धिको माग गरेको छ ।

एसोसिएसनका अध्यक्ष टङ्कप्रसाद हुमागाईंको नेतृत्वमा आज (बुधबार) सिंहदरबार गएको प्रतिनिधिमण्डलले समय सापेक्ष अनुसार तल तथा सेवा सुविधा बृद्धिको माग गरेको हो ।

कार्यालय समय थप पूरा काम पूरा दाम, मूल्यवृद्धिको अनुपातमा शतप्रतिशत तलब वृद्धि गर्नुपर्ने, अतिरिक्त हुलाक नियमावली २०३४ मा तत्काल परिमार्जन गर्नुपर्ने, सेवाबाट हट्न चाहने अतिरिक्त हुलाकका कर्मचारीलाई उचित उपदान वा क्षतिपूर्तिसहित सेवा निवृत्त गराउनुपर्नेलगायतका माग एसोसिएसनले राखेको छ ।

सञ्चारमन्त्री रिजालले एसोसिएसनको मागका सम्बन्धमा आफूले सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी आवश्यक प्रक्रिया पु-याउने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार