वामपन्थी पत्रकारहरुका तर्फबाट उम्मेदवारी घोषणा

१७ बैशाख २०७१, बुधबार १६:५१ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । नेपाल पत्रकार महासंघको २४ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघसहित चार वामपन्थीको संयुक्त प्यालनबाट उम्मेवदारी घोषणा भएको छ ।

प्रेस चौतारी, क्रान्तिकारी संघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघले आज (बुधबार) काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । महासंघको नेतृत्वका लागि अध्यक्षमा महेन्द्र विष्ट, उपाध्यक्षमा खिलबहादुर भण्डारी र समावेशी उपाध्यक्षमा महेश दासको नाम सार्वजनिक गरिएको छ । विष्ट एमाले, भण्डारी र दास माओवादी निकटका पत्रकार हुन् ।

महासचिवमा उजीर मगर, खुल्ला सचिवमा प्रभात चलाउने महिला सचिवमा संगीता खड्का, समावेशी सचिवमा धमेन्द्र कर्ण, कोषध्यक्षमा सूर्यमणि गौतमको उम्मेदवारी घोषणा गरिएको छ ।

महिला सदस्यमा पवनवर्षा शाह, सरिता ढकाल र नीलिमा सुब्बा, जनजाति सदस्यमा मोहनसिंह लामा र लोक चौधरी, मधेसी सदस्यमा बेचु गौँड र अजयकुमार मिश्र, दलित सदस्यमा किसन संगीत नेपाली र कमल परियारको नाम घोषणा गरिएको छ ।

साथै पूर्वाञ्चल क्षेत्रीय सदस्यमा गणेश लम्साल र गणेश पोखरेल, मध्यमञ्चल क्षेत्रीय सदस्यमा चिरञ्जीवी मास्के र सुनील खड्का, उपत्यका सदस्यमा ईश्वरी वाग्ले र रामहरि सिलवाल, प्रतिष्ठान सदस्यमा सुरज आचार्य र रोसन पुरीको उम्मेदवारी घोषणा भएको छ ।

पश्चिमाञ्चल सदस्यमा रुद्र भट्ट र हरिनारायण गौतम, मध्यमाञ्चल क्षेत्रीय सदस्यमा झलक गैरे र अजय देव शर्मा, कर्णालीबाट सदस्यमा नवराज महतरा, अपाङ्ग सदस्यमा भवानी ऐर, अल्पसङ्ख्यक सदस्यमा अब्दुला मियाँ, खुल्ला सदस्यमा दीपेन्द्र कुँवर, राजु लामाको उम्मेदवारी घोषणा भएको छ । बाँकी सदस्यको नाम घोषणा गर्न बाँकी रहेका छन् ।

एमाले प्रचार विभागका सचिव सूर्य थापाले पत्रकार महासंघको चुनावका लागि घोषणा गरिएका उम्मेदवार र समूह अत्यन्तै समावेशी बनेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको