लाखौं उठाएर मेनपावर सञ्चालक बेपत्ता

१७ बैशाख २०७१, बुधबार १५:०७ मा प्रकाशित

भैरहवा, १७ वैशाख । रसिया पठाइदिने भन्दै लाखौं उठाएर मेनपावर सञ्चालक भागेपछि पीडितहरु अन्यौलमा परेका छन् ।

बुटवल राजमार्ग चौराहमा रहेको चाहना ह्युमन रिसोर्स एण्ड कन्सल्टेन्सीका सञ्चालक तनहुँ सतिस्वाँरा–२ का २७ वर्षीय भरत ठकुरी र उनका सहयोगी मेखबहादुर तामाङ फरार भएका हुन् ।

उनीहरुले रसिया पठाउन छ लाख पाँच हजार लाग्ने भन्दै रुपन्देही, कपिलवस्तु र पाल्पाका १३ युवासँग रकम असुलेका थिए ।

पीडितहरुसँग भिसा लाग्नुपूर्व ८०\८० हजार र भिसा आइसकेपछि चार लाखदेखि छ लाखसम्म रकम लिएको बताइएको छ । रसिया जानका लागि भिसासमेत आइसकेपछि उनीहरु फरार भएका हुन् ।

सबै पैसा बुझाएपछि रसिया जानका लागि गत वैशाख ३ मा मिति तय भएको थियो । सबैले एक हप्ता अगाडि नै पैसा बुझाइसकेका थिए ।
‘जाने मितिभन्दा दुई दिन अगाडि सञ्चालक ठकुरी र तामाङ फरार भए,’ सिद्धार्थनगर नगरपालिका–६ का पीडित मेहराज अहमदले भने । उनका अनुसार मेनपावरले गत फागुनमा एक स्थानीय पत्रिकामा विज्ञापन निकाली रसियाका लागि कामदार माग गरेको थियो ।

हप्ताको १० हजार ५० रुवेल (झन्डै ३४ हजार नेपाली) तलब हुने आश्वासन पाएपछि युवाले राहदानी मेनपावरमा बुझाएका थिए । राहदानीसँगै मेनपावर सञ्चालक ठकुरीको एनएमबी बैंकको बुटवल शाखामा रहेको खातामा सबैले रकम जम्मा गरेको पीडितहरु बताउँछन् ।

त्यसपछि काठमाडौंस्थित रसियन दूतावासमा १५ हजार जम्मा गरेर राहदानीमा भिसासमेत लगाइसकेको अर्का पीडित सिद्धार्थनगर–९ का रोहित बोहोराले बताए ।
सञ्चालक ठकुरी र तामाङ फरार भएपछि आफूहरु ठगिएको भन्दै पीडितहरुले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यले फरार तामाङ र ठकुरीको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले