ओलीलाई उपचारका लागि बैंकक लैजाने तयारी

१७ बैशाख २०७१, बुधबार १३:४३ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । एमाले संसदीय दलका नेता कोपी ओलीलाई मेनेन्जाइटिस भएको पुष्टि भएपछि थप उपचारका लागि थाइल्यान्ड लगिने भएको तयारी भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचार गराई रहेका नेता ओलीलाई आज (बुधबार) बैंकक लैजाने तयारी गरिएको हो । ओली सोमबार अस्पताल भर्ना भएका हुन् ।
चिकित्सक र परिवारजनको परामर्शमा बैंकक थप उपचारका लागि लगिन लागेको आस्पतालले जनाएको छ । उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा.दीव्यसिंह शाहले नेपाल र भारतमा गरिएका विभिन्न परीक्षणमा ओलीलाई मेनेन्जाइटिस भएको देखिएको बताइन् ।
तीन दिनदेखि ज्वरो, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएपछि ओलीलाई सोमबार बिहान २ बजे अस्पताल पु-याइएको थियो ।
प्रतिरोध क्षमता कमजोर भएकैले नेता ओली पुसदेखि नै बिरामी भइरहेका छन् ।
सात वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओली सुगर र उच्चरक्तचापको औषधिसमेत खाँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र