एमालेको बैचारिक विवाद मिल्यो

१७ बैशाख २०७१, बुधबार ०५:४२ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । एमालेले पार्टीभित्र दुई समूहबीच चर्किएको वैचारिक विवाद मिलाउदै नेपाली समाज पुँजीवादी अवस्थामा प्रवेश गरेको निष्कर्ष निकालेको छ । दस्तावेज मस्यौदा समितिमा दुई पक्षबीचको विवाद मिलेपछि जेठ अन्तिम साता हुने नवौं महाधिवेशनमा पेश गर्ने प्रमुख राजनीतिक प्रस्ताव मंगलबार पारित भएको छ । उक्त दस्तावेजलाई अब केन्द्रीय समितिमा छलफल गरी तल्लो निकायमा पठाइने छ ।

एमालेमा अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली पक्षधरबीच समाजको चरित्र लगायतका सैद्धान्तिकरबैचारिक बिषयमा तिब्र विवाद थियो । विवादका कारण दस्तावेज तयारीमा ढिलाई हुदा महाधिवशेनको कार्यतालिका समेत प्रभावित भइरहेको छ  ।

 मस्यौदा समिति भएको छलफलका आधारमा गत साता अध्यक्ष झलनाथ खनालले दस्तावेज मस्यौदा समितिमा  प्रस्ताव पेश गरेका थिए । त्यही प्रस्तावमाथि तीन दिन थप छलफल गरी मंगलबार सुझाव सहित सर्वसम्मतिले पारित भएको हो ।  छलफलका क्रममा नेताहरुबीच तिब्र मतान्तर भएपनि दस्तावेजमा कसैले लिखित असहमति राखेन ।

दुबै पक्षले गर्दै आएका तर्कहरुलाई मध्यमार्गी भाषा र व्याख्या गर्दै विवाद मिलाइएको छ । ‘सबैका आ-आफ्नै व्याख्या र बिष्लेषण सहित विचार राखेको हो, दस्तावेज सहमतिका साथ पारित भएको छ’ ओली पक्षका नेता विष्णु रिमालले भने ।

नेपाल पक्षका नेता घनश्याम भुसालले  अध्यक्षले अघि सारेको दस्तावेजमा धेरै विमति नरहेको बताए । ‘अध्यक्षले ल्याएको विचार नै मुलतः पारित भएको छ’ नेता भुसालले भने ।  केही नेताहरुले एमालेमा अब बैचारिक एकरुपता कायम भएको दाबी गरेका छन् । ‘बैचारिक रुपमा एकरुपता भएको छ’ ओली पक्षका नेता राजेन्द्र गौतमले भने । नेपाल समुहका नेता जगन्नाथ खतिवडाले भने आफूहरुले अघि सारेको विचारको श्रेष्ठता कामय भएको दाबी गरे ।

२०६२/०६३ को आन्दोलनलाई राजनीतिक क्रान्तिको रुपमा व्याख्या गर्ने भएको छ । मुलतः राजनीतिक क्रान्ति पुरा भएपनि सामाजिक र आर्थिक रुपान्तरणका कार्यभार भने बाँकी रहेको निष्कर्ष छ । आठौ महाधिवशेनमा २०६२/०६३ को आन्दोनलाई जनक्रान्तिको स्वरुप ग्रहण गरेको जनआन्दोलन  भन्ने व्याख्या गरेको थियो । यसपटक उक्त व्याख्यालाई केही फराकिलो बनाउदै राजनीतिक क्रान्ति पुरा भएको रुपमा व्याख्या गर्दै त्यससंग जोडिएको आर्थिक, सामाजिक  रुपान्तरणको कार्यभार बाँकी रहेको विष्लेषण गरेको छ ।

नेपाली समाज अर्धसमान्तीरअर्धउपनिवेश भन्ने विवादको पनि निरुपण भएको छ । नेताहरुका अनुसार समान्तवाद अन्त्य भए पनि त्यसका अवषेशहरु बाँकी रहेको निष्कर्ष छ ।  तर अवषेश मात्र बाँकी रहेको अवस्थालाई ‘अर्धसमान्ती’  भन्ने शब्द दस्तावेजमा नराख्ने भएको छ ।  समान्तवाद विघटन भएको तर राष्ट्रिय पुँजीको विकास भइनसकेकाले पुँजीवादको प्रारम्भिक चरण प्रवेश गरेको रुपमा समाजको चरित्र चित्रण गर्ने सहमति नेताहरुबीच भएको छ ।

 नेपाल सार्वभौम स्वतन्त्र मुलुक भएकाले अर्धऔपनिवेशिकुं भन्ने शब्द प्रयोग नगर्ने भएको छ । अर्धऔपनिवेशिक भन्ने कि नभन्नेमा पनि एमालेमा विवाद थियो । नेपालको राष्ट्रियतामा कहा कहा खतरा र यसको स्वाधिन चरित्रमा कहाँबाट प्रहार हुन्छ  त्यसविरुद्घ लाग्ने तर अर्धऔपनिवेशन भन्ने शब्द प्रयोग नगर्ने सहमित भएको नेताहरुले बताए ।

यसको अर्थ एमालेले राष्ट्रियता र स्वाधिनताको आन्दोलन छोड्यो भन्ने अर्थको रुपमा बुझ्न नहुने नेताहरुले बताएका छन् । पार्टीको मार्गदर्श सिद्धान्त जनताको बहुदलीय जनवाद ९जबज०को कै बाटोबाट अघि बढ्ने तर समयानुकल त्यसका कार्यक्रमहरुलाइ समृद्ध गर्दै लैजाने सहमति भएको छ ।

 एमालेमा भावी नेतृत्वको प्रसंग जोडिदा बैचारिक र सैद्धान्तिक बिषयले ठूलो विवादको रुपमा लिएको थियो । नेपाल समूहका नेता घनश्याम भुसाल र ओली समूहका नेता शंकर पोखरेल लगायतको नेतृत्वमा बैचारिक धु्रविकरण भएको थियो । उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर आ-आफ्ना विचार लिखित रुपमा सार्वजनिक गरेका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा