दफा हटाउन गृहमा पत्राचार

१७ बैशाख २०७१, बुधबार ०५:२४ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । नयाँ नियमावलीमा बढुवासम्बन्धी राखेको मापदण्ड हटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रहरीलाई तत्काल सुहाउँदो नरहेको भन्दै नियमावलीको नियम ३५ दफा ७ लाई हटाइदिन अनुरोध गर्दै मुख्यालयले गृहको प्रहरी प्रशासन महाशाखालाई पत्र पठाएको हो ।

मन्त्रिपरिषद्बाट पारित भएको नियमावलीमा बढुवा हुन दुईवटा तालिम गरेको अंक जोडिने व्यवस्थाले धेरै प्रहरीलाई अप्ठ्यारो पर्ने भन्दै दफा हटाइदिन र त्यो नभए एक वर्षसम्मका लागि उक्त दफालाई निष्क्रिय राखिदिन अनुरोध गरिएको हो ।

प्रहरीको नीति निर्माण तह पोलिसी कोअर्डिनेसन कमिटी ९पीसीसी० को सोमबार राति अबेरसम्म बसेको बैठकको निर्णयअनुसार मुख्यालयले आग्रह गरेको हो ।

पीसीसी बैठकमा नायब महानिरीक्षकदेखि माथिल्लो दर्जाका प्रहरी अधिकारी बस्ने गर्छन् । नियमावलीमा तालिमका लागि ७ दशमलव ५ अंक दिने व्यवस्था गरेको छ । यो अंकले प्रहरी कर्मचारीको बढुवामा ठूलो अर्थ राख्ने मुख्यालयका एक अधिकारीको भनाइ छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण