काठमाडौं, २३ वैशाख । राष्ट्रिय महिला आयोगले शनिबार गठन हुने सहमतिको राष्ट्रिय सरकारमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता गराउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय महिला आयोगले शुक्रबार एक विज्ञप्ती जारी गरी जनसंख्याको आधा हिस्सा ओगटेका महिलाको हक अधिकार सुनिश्चित गर्न मन्त्रिपरिषदमै ३३ प्रतिशत महिला सहभागिता गराउन अनुरोध गरेको हो ।
आयोग प्रवक्ता मोहन अन्सारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ०६३ जेठ १६ मा अन्तरिम व्यवस्थापिका संसदले सार्वजनिक महत्वको प्रस्ताव पारित गरी राज्यका सबै अंगमा कम्तीमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित गरेको छ । ‘३३ प्रतिशत महिला सहभागिता गर्ने विभिन्न राजनीतिक दल र संसदसमेतको प्रतिबद्धतालाई मनन् गरी ३३ प्रतिशत महिला मन्त्रिपरिषदमा नियुक्त गर्न आग्रह गर्दछौं ।
प्रतिक्रिया
सम्बन्धित खवर
केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी
म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार