‘गुटबन्दी प्रथालाई समाप्त पार्नुपर्छ’

१६ बैशाख २०७१, मंगलवार २२:३० मा प्रकाशित

वीरगन्ज, १६ वैशाख । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको गुटबन्दी अन्त्य अनिर्वाय भई सकेको बताएका छन् ।
गृह जिल्ला रौतहटमा आज (मंगलबार) आयोजित राहत वितरण कार्यक्रममा नेता नेपालले पार्टीलाई नयाँ शिराबाट अघि बढाउने बताए । ‘गुटबन्दी प्रथालाई समाप्त पार्नुपर्छ,’ उनले भने, ‘नयाँ शिराबाट पार्टीलाई बलियो बनाउने अभियानमा म लागिपरेको छु ।’
सहमति र सहकार्यको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाउने उनको भनाई थियो । ‘एमालेलाई संगठनात्मक रूपमा बलियो बनाउने लागेको छु मलाई सबैले सहयोग गर्नु पर्छ,’ उनले भने ।
एमालेमा लोकतान्त्रिक प्रक्रियाअनुसार आमूल परिवर्तनको खाँचो रहेकाले सबैलाई समेटेर अघि बढ्न सक्ने योग्य व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने नेपालले बताए ।
ब्रह्मपुरी गाविसका २२ जनालाई जनही दश हजार, मृतक परिवारलाई १५ हजार तथा मत्सरी र पचरुखी गाविसका दुई परिवारलाई जनही दश हजार राहतस्वरूप वरिष्ठ नेता नेपाल आफैँ पुगेर आगलागी पीडित परिवारलाई वितरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी