सहमति तथा सम्झौताबारे आइतबार टुङ्गो लाग्ने

१६ बैशाख २०७१, मंगलवार १६:२३ मा प्रकाशित

काठमाडौं, १६ वैशाख । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत गठित उपसमितिले सरकासँग विभिन्न दल, समूह र सरोकार भएकाहरुसँग भएका सहमति तथा सम्झौताका बारेमा एउटा छिट्टै टुङ्गोमा पुग्ने निर्णय गरेको छ ।

राजधानीमा आज (मंगलबार) बसेको उपसमितिको बैठकमा सरकारले विभिन्न दल तथा समूहसँग भएका सहमति सम्झौता, छलफलका क्रममा रहेका विषयवस्तुमा छलफल भएको हो । सहमतिहरुका सम्बन्धमा वर्गीकरण गरी ती संविधानका अन्तर्वस्तुसँग सम्बन्धित छन वा छैनन् भन्नेबारेमा वैशाख २१ गतेसम्ममा उपसमिति एउटा निष्कर्षमा पुग्नेछ ।

बैठकपछि उपसमिति सदस्य रामकुमार राईले सरकार र विभिन्न राजनीतिक दल, द्वन्द्वरत पक्ष, सशस्त्र वा निःशस्त्र समूह, आदिवासी जनजातिसँग भएका सहमतिमा अध्ययन भएको बताए ।

यसैबीच, व्यवस्थापिका–संसद मातहत रहेको राज्य व्यवस्था समितिको आजको बैठक स्थगित भएको छ ।
संसद र समितिको बैठकको समय जुधेका कारण बैठक स्थगन भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले बताए । बैठकमा उपप्रधानमन्त्री वामदेव गौतमलाई आमन्त्रण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार