बाल विवाहको आरोपमा दुई युवक पक्राउ

१६ बैशाख २०७१, मंगलवार १८:३० मा प्रकाशित

रुकुम, १६ वैशाख । बाल विवाहको आरोपमा रुकुम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बाँफीकोट–८ भाग्लेका १९ वर्षीय भरत विकलाई प्रहरीले पक्राउ गरेको हो । स्यालापाखा–४ की १४ वर्षीया विस्मति विसीसँग बिहे गरेको भन्दै बालिकाका आफन्तले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । बालिकाका आफन्तको उजुरीको आधारमा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहे गर्न भन्दै यही १२ गते उनीहरू भागेका थिए । उनीहरू भागेको दुई दिनपछि हिजो १४ गते बालिकाका अभिभावकले प्रहरीमा बाल विवाहविरुद्ध जाहेरी हालेका थिए ।

यस्तै रुँघा–७ का २३ वर्षीय तेजबहादुर परियार पनि पक्राउ परेका छन् । स्यालापाखा–३ की १५ वर्षीया कल्पना विकलाई बिहे गरेका उनी विरुद्ध बालविवाह गरेको मुद्दा परेको छ । उनीहरूले यही ११ गते बिहीबार भागेर विवाह गरेका थिए ।

किशोरीका आफन्तले किशोरीलाई ललाइफकाई भगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हुन् । दुवैजनामाथि अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा