खानेपानीको अभाव टार्न बुलबुले तालको पानी प्रयोग

१६ बैशाख २०७१, मंगलवार १४:३४ मा प्रकाशित

सुर्खेत, १६ वैशाख । सुर्खेतमा खानेपानीको अभाव भएपछि वैकल्पिक स्रोतका रूपमा चर्चित पर्यटकीयस्थलका रूपमा रहेको बुलबुले तालको पानीलाई प्रयोग गर्न थालिएको छ ।

झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानीको स्रोत गर्मीयाम सुरु भएसँगै सुक्न थालेपछि खानेपानीको विकल्पका रूपमा सर्वसाधारणले बुलबुलेको पानीलाई प्रयोग गर्न थालेका हुन् ।

आजभोलि वीरेन्द्रनगर नगरपालिका र लाटिकोइलीका सर्वसाधारणले बुलबुले तालको पानी प्रयोग गरिरहेका छन् । हिँउदको समयमा सुनसान जस्तै देखिने बुलबुलेमा अहिले नुहाउने, कपडा धुने तथा खानेपानी लिनेको घुइँचो लाग्न थालेको छ ।

विशेषगरी वीरेन्द्रनगर बजारमा रहेका होटलहरूलाई पानीको अभाव हुने भएकाले होटल सञ्चालकले बुलबुलेबाट पानी लिने गरेका छन् । पानी लिन आउनेमध्ये सबैभन्दा बढी होटेल सञ्चालकहरू नै रहेको बुलबुले उद्यानका इन्चार्ज चेतानन्द अर्यालले बताए । उनका अनुसार दैनिक करिब २५ हजार लिटर पानी बिक्री हुने गरिएको छ । बुलबुले तालबाट पानी लिनका लागि प्रति एक हजार लिटरको एकसय रुपियाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

होटल व्यवसायीले एकै पटकमा एक हजार लिटर पानी लिने गरेको भए पनि अन्य सर्वसाधारणले पनि पानीको अभाव हुँदा बुलबुले तालको पानी नै प्रयोग गर्ने गरेको इन्चार्ज अर्यालको भनाइ छ । बुलबुलेको पानी प्रयोग गर्न सुरु मात्रै भएको भन्दै अर्यालले जेठको महिनासम्म त पानी भर्ने पालो नै नहुने बताए ।

उपत्यकामा पानीको अभाव सुरु भएपछि खानेपानीबाहेक नुहाउन र कपडा धुन जानेको संख्या पनि उल्लेख्य रहेको छ । मंसिर–पुस तथा माघ–फागुनसम्म सात/आठजना बुलबुले पुग्ने गरेकामा आजभोलि कम्तीमा ३०० जना पुग्ने गरेका छन् । बुलबुले तालको नजिकै महिला र पुरुषका लागि छुट्टाछुट्टै नुहाउने र कपडा धुने व्यवस्था गरिएकाले पनि सबैलाई सहज भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न