नास्ता पसलमा अबैध घरेलु मदिराको व्यापार

१६ बैशाख २०७१, मंगलवार १४:२८ मा प्रकाशित

बाँके, १६ वैशाख । कानुनी रुपमै घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण बन्देज गरिए पनि बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रका नास्तापसलमा खुलमखुला कारोबार भइरहेको स्थानीयले बताएका छन् ।

नगरका विभिन्न स्थान, बसपार्क, कोहलपुरको दसबिगाह, चप्परगौडी, न्यूरोड, चौराह क्षेत्रमा सञ्चालित नास्तापसल र साना होटलमा अवैध घरेलु मदिराको व्यवसाय फस्टाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०५४ दफा ९ र औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा २५ ले घरेलु मदिरा उत्पादन र बिक्री–वितरणलाई गैरकानुनी भनी उल्लेख गरेको छ ।
बजारमा जहातहीँ घरेलु मदिराको कारोबार र बिक्री–वितरण भइरहँदासम्म सम्बन्धित निकायले नियन्त्रण र कारबाही गर्न सकेका छैनन् ।

नास्ता पसल र साना होटलमा मुख्य कारोबारका रूपमा घरेलु रक्सी र जाँडको कारोबार हुने गर्छ । होटल र नास्ता पसलपिच्छे अवैध मदिरा कारोबार हुँदासम्म व्यवसायी कारबाहीमा परेका छैनन् ।

मदिरा नियन्त्रणका लागि घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र वाणिज्य कार्यालयको सहभागितामा बजार अनुगमन समिति भए पनि रोक्न सकेको छैन ।

उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ९ ले कुनै उपभोक्ताको स्वास्थ्यमा असर पर्ने किसिमको उपभोग्य वस्तु वा सेवा उत्पादन र बिक्री गर्नेलाई सामान्य अवस्थामा पाँच वर्षसमम्म कैद सजाय र तीन लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख भूपेन्द्र सापकोटाले कानुनी रूपमा घरेलु मदिरा उत्पादन र बिक्री गर्न नपाइने बताए । उनले उजुरी आए औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा २५ अनुसार कारबाही हुने बताए ।

आन्तरिक राजस्व कार्यालयका अनुसार घरेलु उत्पादन बिक्री–वितरणमा बन्देज रहेकाले प्रहरी प्रशासनको सहयोगमा अनुगमन गरी मदिरा उत्पादन गर्ने सामान, कच्चापदार्थ र मदिरा नियन्त्रणमा लिई नष्ट गरिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार