दाङका वनमा लागेको डढेलो नियन्त्रण हुन सकेन

१६ बैशाख २०७१, मंगलवार १४:२१ मा प्रकाशित

दाङ, १६ वैशाख । दाङका विभिन्न ठाउँमा रहेका राष्ट्रिय तथा सामुदायिक वनमा धेरै दिनदेखि लागेको डढेलो अझै नियन्त्रण हुन सकेका छैन ।

डढेलो नियन्त्रण हुन नसक्दा धेरै जंगल विनाश हुनुका साथै बहुमूल्य जडीबुटी, एवम् पक्षहरू पनि जलेर नष्ट भएका छन् । यतिखेर विशेष गरेर जिल्लाको फूलबारी गोल्टाकुरी, सतबरिया लगायतका गाविसमा रहेका राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लागेर ठूलो क्षति पुगेको छ ।

‘दुई हप्तादेखि फूलबारी गाविसको विभिन्न ठाउँमा लागेको डढेलो नियन्त्रण गर्न सम्बन्धित निकायले चासो देखाएको छैन,’ स्थानीयले गुनासो गरे ।

जिल्ला वन कार्यालय दाङले भने धेरै वनमा डढेलोको समस्या रहेको बताए । उनले दिनभरि चल्ने हावाहुरी तथा बतासका कारण पनि नियन्त्रण गर्न कठिनाइ भएको बताए ।

यसपटक मात्र दाङका विभिन्न ठाउँमा गरी झन्डै ६०० हेक्टर जंगल डढेलोका कारण नष्ट भइसकेको छ । एकजना उपभोक्ताको डढेलो नियन्त्रण गर्ने क्रममा जलेर मृत्यु भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार