मन्त्रिपरिषद् विस्तार शनिबार गरिने

२२ बैशाख २०६९, शुक्रबार २०:२८ मा प्रकाशित

सरिता गुरुङ, काठमाडौं, २२ वैशाख । मधेसी मोर्चा सहित प्रमुख तीन दलबीच बिहिबार भएको पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सहमति सरकार बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले शनिबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ । बैठकपछि संचारकर्मीसंग कुरा गर्दै एमाले नेता माधवकुमार नेपालले एमाले केन्द्रीय समिति बैठक चलिरहेको र भोलि पनि जारी रहने भएकोले पार्टीका तर्फबाट आज शुक्रबार मन्त्री पठाउन नसकिएको बताए । बैथाक्स्थाला बाट बहिरिएका कङ्ग्रेस नेता कृष्ण सिटौलाका अनुसार भोलिसम्म राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएकोले भोलि बेलुकीसम्ममा काँग्रेसले नाम पठाउने जानकारी दिए । काँग्रेस महामन्त्री सिटौलाले संविधान निर्माणमा रहेका विवादहरु हटाउन गठित विवाद समाधान उपसमितिको बैठक तत्काल बस्ने निर्णय आजको बैठकमा भएको पनि जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार